images

शनिवार, बैशाख १५ गते २०८१

एलएसडीटी तालिम : बालबालिकाले गरे १०० औं श्रृंखलाको शुभारम्भ

एलएसडीटी तालिम : बालबालिकाले गरे १०० औं श्रृंखलाको शुभारम्भ

images
images
images
आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • एलएसडीटी तालिम : बालबालिकाले गरे १०० औं श्रृंखलाको शुभारम्भ

    भैरहवा, १४ माघ ।
    लिडरसीप स्किल्स डेभलपमेन्ट तालिम (एल.एस.डी.टी. ) को १०० औं श्रृंखला शनिबार सम्पन्न भएको छ ।उक्तअवसरमा प्रशिक्षार्थीहरुबीच वाककला र गायन प्रतियोगिता गरिएको तालिमको व्यवस्थापन समितिका सदस्य विरेन्द्र ज्ञवालीले बताए ।

    images

    प्रतियोगितामा २७ जना सहभागी भएका थिए । तालिममा उपस्थित बालबालिकाहरु बिधान विजय पाण्डे, अपराजिता लामिछाने र समृद्धि घिमिरेले संयुक्त रुपमा दीप प्रज्जवलन गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए।

    वाककलातर्फ शिक्षा परामर्शदाता गोविन्द अधिकारी प्रथम, व्यवसायी टंक आचार्य द्वितीय र चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका कार्यसमिति सदस्य कृष्ण मरासिनीले तृतीय स्थान प्राप्त गरेको निर्णायक समितिकी सदस्य तथा साहित्यकार सिर्जना खनालले जानकारी दिइन् ।

    mkkkklll.jpg

    त्यस्तै गायनतर्फ उद्यमी विकाश रायमाझी प्रथम, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य ओम जैसी द्वितीय र नमस्ते एकेडमीका सह–प्राचार्य  लिलामणी पाण्डे तेस्रो स्थानम प्राप्त गरेको गायन तर्फकी निर्णायक लोक गायिका गंगा गुरुङले बताइन् ।

    प्रतियोगिता सञ्चालनको व्यवस्थापन प्रशान्त ज्ञवाली र रिशव विश्वकर्माले गरेका थिए  ׀

    विजेताहरुलाई आगामी फागुन ५ गते भव्य समारोहकाबी पुरस्कार प्रदान गरिने निर्णायक समिति सदस्य पल्लवी न्यौपानेले बताइन् । लीडरसीप स्किल्स डेभलपमेन्ट तालिम (एल.एस.डी.टी.) ले १०० औं श्रृंखला पुरा गरेको अवसरमा माघ महिनाभरी विभिन्न कार्यक्रम गरी उत्सव मनाउने तयारी गरेको समारोहका आयोजक सदस्य गोपाल भण्डारीले बताए ।

    लीडरसीप स्किल्स डेभलपमेन्ट तालिमको संस्थापक तथा प्रस्तोता विजय पाण्डे हुन्  कार्यक्रममा उपस्थित सहभागीलाई सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष रोहित अग्रवालले धन्यवाद ज्ञापन गर्दै तालिमलाई नियमित गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij