२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

गौतम बुद्ध कप : उद्घाटन खेलमा आयोजक विजयी

आइतवार , माघ १४, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १४ माघ ।
    गौतमबुद्ध स्पोर्टिङ क्लबको आयोजनामा शनिबारदेखि गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता–२०८० (प्रथम संस्करण) सुरु भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कर्मडाडा खेलमैदानमा सुरु भएको प्रतियोगितामा ६ वटा टीमको सहभागीता रहेको छ ।

    शनिबार गौतमबुद्ध स्पोर्टिङ क्लब र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) स्पोटर्सबीच भएको पहिलो (उद्घाटन) खेलमा आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लब विजयी भएको छ । युसीएमएसलाई ३ विकेटले पराजित गर्दै आयोजक विजयी भएको हो ।

    टस जितेर ब्याटिङ रोजेको युसीएमएस स्पोटर्सले निर्धारित २५ ओभरमा ५ विकेट गुमाउँदै १५२ रन बनायो । उसका लागि सुरज पौडेलले ४७ रन र अजित यादवले ३४ रनको योगदान गरे ।

    बलिङमा गौतमबुद्ध स्पोर्टिङ क्लबका अजय यादवले ३ र निरज मौर्यले १ विकेट लिए ।

    जवाफमा गौतमबुद्ध स्पोर्टिङ क्लबले २५ ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनायो । उसका लागि मिथिलेश यादवले ५० रन र अजय चौधरीले ३५ रनको योगदान गरे ।

    बलिङमा युसीएमएस स्पोटर्सका अजित यादव र अभिषेक पासीले समान २/२ विकेट लिए ।

    खेलमा गौतमबुद्ध स्पोर्टिङ क्लबका मिथिलेश यादव म्यान अफ द म्याच घोषित भए ।

    प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार केसीले खेलकुदको विकासमा लागिपरेको बताए । उनले खेलाडीहरुको साथमा आफै सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।

    423006176_406528451910306_6370677775149252965_n.jpg

    माघ २१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने गौतमबुद्ध स्पोर्टिङ क्लबका खेलाडी अखिलेश यादवले जानकारी दिए । प्रतियोगितामा गौतमबुद्ध स्पोर्टिङ क्लब, युसीएमएस स्पोटर्स, केसीए फेमली, बुद्ध क्रिकेट क्लब, प्यारामाउण्ट किग्ंस र द ब्रदर्शको सहभागीता रहने आयोजकले जनाएका छन् ।