२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

यु-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई

सोमवार , माघ १५, २०८०

 
काठमाडौं, १५ माघ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । 
 
सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाई गरिएको हो । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाई गर्नुभएको थियो ।
 
नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भूटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिष्पर्धा गर्नेछ । २ फेब्रुअरीदेखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शिर्ष २ टिमले फाइनल खेल्नेछन् ।