२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गौतम बुद्ध कप : केसीएलाई १ विकेटले पराजित गर्दै आयोजक विजयी

सोमवार , माघ १५, २०८०

भैरहवा, १५ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कर्मडाडामा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता–२०८० (प्रथम संस्करण) अन्तर्गत आइतबार भएको खेलमा आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लब विजयी भएको छ । कर्मडाडा क्रिकेट एकेडेमी (केसीए)लाई १ विकेटले पराजित गर्दै आयोजक क्लब विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको केसीएले निर्धारित २५ ओभरमा १० विकेट गुमाउँदै १२५ रन बनायो । केसीएका लागि शैलेन्द्र यादवले २४, प्रदीप सहानीले २० र नन्दलाल चाईले १७ रनको योगदान गरे ।

बलिङमा गौतमबुद्धका अर्जुन रायमाझीले ३ र अजय त्रिपाठीले १ विकेट लिए ।

जवाफमा गौतमबुद्धले २३ दशमलव १ ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो । उसका लागि अर्जुन रायमाझीले ६६, आसमनले २४ र अखिलेश यादवले १३ रनको योगदान गरे ।

बलिङमा केसीएका यम क्षेत्री र शैलेन्द्र यादवले समान ३/३ विकेट लिए ।

खेलमा गौतमबुद्धका अर्जुन रायमाझी म्यान अफ द म्याच घोषित भए ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबले युसीएमएस स्पोटर्सलाई ३ विकेटले पराजित गर्दैै विजयी भएको थियो । प्रतियोगिता (सुपर लिग) मा ६ वटा टीमको सहभागीता रहेको गौतमबुद्ध स्पोर्टिङ क्लबका खेलाडी अखिलेश यादवले जानकारी दिए ।