
मंगलवार , माघ १६, २०८०
काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताएका छन् ।
मंगलवार शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको दिन महान शहीदहरुको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति शहीदहरुले देखेकाे सपना र गरकेा अठोटलाई शिरोधार्य गर्दै क्रान्तीका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न आग्रह गरे । उनले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले शहीदहरुप्रति श्रद्धापूर्वक स्मरणका साथ श्रद्धाञ्जली अर्पण समेत गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij