२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

शहीदको स्मरण गर्दै मनाइयो शहीद दिवस

मंगलवार , माघ १६, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, १६ माघ । काठमाडौंसहित देशभर शहीद दिवस मनाइएको छ । मंगलवार काठमाडौंमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद दविसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरिएको हो । शहीद दिवसको अन्तिम दिन आज काठमाडौं महानगरपालिका शहीद सप्ताह मुल समारोह समितिले शहीद सप्ताहको अन्तिम दिन प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम गरेको हो ।

    सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    महानगरले माघ १० पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माला अर्पण तथा स्मृति सभा गरिएको थियो । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउने गरिन्छ ।

    आज देशभरका विभिन्न स्थानमा शहीदको स्मरणमा विभिन्न कार्यक्रमहरु गरेर शहीद दिवस मनाइँदै छ । शहीद दिवसको अवसरमा बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम पनि गरिएको थियो ।