
मंगलवार , माघ १६, २०८०
भैरहवा, १६ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कर्मडाडामा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता–२०८० (प्रथम संस्करण) अन्तर्गत सोमबार भएको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । द ब्रदर्शलाई १४१ रनको फराकिलो अन्तरले पराजित गर्दै बुद्धले जितेको हो ।ब
टस जितेर ब्याटिङ रोजेको बुद्धले निर्धारित २५ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनायो । उसका लागि सहजाद आलमले (नटआउट) ४४, विजय प्रजापतिले ३० र सन्तोष यादवले २२ रनको योगदान गरे ।
बलिङमा द ब्रदर्शका सिजन मकाजुले ३ विकेट लिए ।
जीतका लागि १४२ रनको लक्ष्य पाएको द बद्रर्श १० ओभरमै सम्पूर्ण विकेट गुमाउँदै ४० रनमा सीमित भयो । द बद्रर्शका लागि विजय बस्नेतले १७ रन, मनिष पाण्डेले ९ र विशाल न्यौपानेले ४ रनको योगदान गरे ।
बलिङमा बुद्धका सन्तोष यादव र विशाल मौर्यले समान ४–४ विकेट लिए ।
खेलमा बुद्ध क्रिकेट क्लबका विशाल मौर्य म्यान अफ द म्याच घोषित भए ।
आइतबार भएको खेलमा आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबले कर्मडाडा क्रिकेट एकेडेमी (केसीए) लाई १ विकेटले पराजित गर्दैै विजयी भएको थियो । प्रतियोगिता (सुपर लीग) मा ६ वटा टीमको सहभागीता रहेको आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबका खेलाडी अखिलेश यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij