२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सहिद दिवसमा साहित्यकार सम्मानित

मंगलवार , माघ १६, २०८०

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, १६ माघ । 
    सहिद दिवसका अवसरमा सिर्जनशील साहित्यिक समाज (सिसास) रूपन्देहीले कवि तथा साहित्यकारहरुलाई मंगलबार भैरहवामा सम्मान गरेको छ । ८३ औं सहिद दिवस तथा सिसासको २० औं वार्षिकोत्सव समारोहमा सिर्जनशील श्री फाइनान्स पुरस्कारबाट डाक्टर मुरारी पराजुली नगद रु. १५ हजार ५ सय ५५ सहित सम्मानित भएका छन् ।

    सिर्जनशील साहित्यिक पुरस्कारबाट माटो कविता संग्रहका सर्जक तथा सिर्जनशील साहित्यिक समाज(सिसास)का निवर्तमान अध्यक्ष शशि पन्थी नगद रु. २१ हजार रुपैयाँसहित सम्मानित भएका छन् । 

    त्यसै गरी सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट डा. टंक पन्थ नगद रु. ११ हजार १ रुपैयाँसहित सम्मानित भए । सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट नगद रु. ५ हजार ५ सय ५५ नगदसहित राजेश कुमार चौधरी, सिर्जनशील छबिलाल साहित्यिक पुरस्कारबाट रु. २ हजार १ सयसहित केशव शर्मा बेल्बासे, सिर्जनशील साहित्यिक समाजले सिक्किम भारतका कवि तथा पत्रकार अमर लाछिकाठि गुरुङलाई नेपाली भाषाको क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरेको छ । 

    त्यसै गरी सिर्जनशील काशी प्रतिभा पुरस्कारबाट भैरहवा नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी साक्षी शुक्ला नगद रु ५ हजारसहित सम्मानित भएकी छन् । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार ऋषिराम भुसालले भैरहवा भाषा साहित्यको लागि उर्भरभूमि भएको बताए । भैरहवा भूपि शेरचनदेखि अहिलेसम्मका लागि उर्जावान गर्व गर्न लायक भएको उनले बताए । देशबासीले राम्रो जीवन पाउन, जीवनको ज्योति बलोस् भनेर ज्यानको आहुति दिएको साहित्यकार भुसालले बताए । ‘सहिदहरुले जीवन र मृत्यु रोज्दा अन्त्यमा संघर्षलाई मृत्युलाई रोजे । भुसालले भने, ‘आफूलाई बिसर्जन गरेर एउटा नयाँ सिर्जनाको बिजारोपण गरेर बिदा भए, सहिदहरुको बाटोमा हिँडेमा उनीहरुलाई सम्मान ठहर्छ ।  ’ 

    प्रा.डा. कपिलदेव लामिछानेले साहित्य सिर्जना आत्मसन्तोषको विषय भएको बताए । २० वर्षको समयसम्म सिसासले धेरै स्रष्टा सम्मान गरेर राम्रो काम गरेको बताए । नेपाली भाषा साहित्यले देशलाई चिनाउने लामिछानेको भनाइ रहेको थियो । 

    सम्मनित भएका स्रष्टा डा. मुरारी पराजुलीले रुपन्देहीको साहित्यको इतिहासमा भैरहवाले सदैव नेतृत्व गरेको बताए । यस क्षेत्रमा मोदनाथ प्रश्रित, भूपि शेरचन, बूँद रानाहरुका कारण भैरहवाले साहित्यमा उचाई प्राप्त गरेको बताए ।

    सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट सम्मानित स्रष्टा डा. टंक पन्थले भैरहवा र सिर्जनशील साहित्यिक समाजले धेरै स्रष्टा सम्मान गर्दै २० औं वर्षको अवधिमा धेरै साहित्यिक कार्य गर्नु प्रशंसनीय कार्य भएको बताए । 

    सिसासका अध्यक्ष कमल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु सुवास रिजाल, सुरज घिमिरे, छबिलाल न्यौपाने, साहित्यकारहरु वनमाली निराकार, रुद्र ज्ञवाली, उमेशचन्द्र रिजाल, सिसासका निवर्तमान अध्यक्ष शशि पन्थी, सम्मानित स्रष्टाहरु केशव शर्मा बेल्वासे, राजेश कुमार चौधरी लगायतले मन्तव्य राखेका थिए ।

    सिसासका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    IMG-20240130-WA0002.jpg