२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

मानवीय सेवामा जुट्न गृहमन्त्री पाण्डेयको आग्रह

बिहिवार , माघ १८, २०८०

भैरहवा, १८ माघ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सवारी दुर्घटनाका घाइतेहरुलाई निरन्तर उद्वार गरिरहेका छन् । मन्त्रालय जाँदा, फर्कदा होस् वा कुनै स्थानमा जाँदा होस्, उनले सवारी दुर्घटनाका भएको जानकारी पाएपछि वा देखेपछि उद्वारमा जुट्छन् । दुर्घटनाका घाइतेलाई अस्पताल तथा तथा सडकमा अलपत्र परेकालाई गन्तव्यसम्म पनि उनले पुर्याएका छन् ।

बुधबार बाँकेको कोहलपुरमा आयोजित नेपाल टेलिभिजनको ३९ औं वार्षिक उत्सव समारोहबाट दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशको गृह मन्त्रालयमा फर्कने क्रममा सवारी दुर्घटनापश्चात मन्त्री पाण्डेय घटनास्थलमा पुगे ।

दाङको इमिलियामा भएको सवारी दुर्घटनाबारे तत्काल गाडीबाट ओर्लेर मन्त्री पाण्डेयले जानकारी लिनुभएको मन्त्री पाण्डेयको निजी सचिवालयका जैनुद्दीन देवानले बताए । मन्त्री पाण्डेयको भनाइलाई उद्वृत गर्दै देवानले भने, ‘सवारी दुर्घटना वा कुनै आपत-विपतमा परेका व्यक्तित्वहरुलाई उद्वार गर्नु मानवीय धर्म हो । ’

WhatsApp Image 2024-01-31 at 6.04.53 PM.jpeg

देवानका अनुसार ट्रक र बस ठोक्किदा बसमा सवार यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनास्थलमा  तत्काल पुग्नुभएका मन्त्री पाण्डेयले केही सहयोग आवश्यक परे तुरुन्त आफूलाई सम्पर्क गर्न बसका यात्रुहरुलाई आग्रह समेत गर्नुभएको देवानले जानकारी दिए ।

यसअघि पनि विभिन्न सवारी दुर्घटनामा परेका घाइतेहरुलाई मन्त्री पाण्डेयले उद्वार गरिसकेका छन् । मन्त्री पाण्डेय मानवीय सेवामा जुट्न आग्रह गर्छन् । मन्त्री पाण्डेय भन्छन्, ‘महामारी, विपद् तथा दुर्घटनामा मर्यादा खोज्नुहुँदैन । सक्दो सहयोग गर्नुपर्छ । ’ यो अरुको जिम्मेवारी हो मैले किन गर्ने भन्ने सोचबाट माथि उठ्नुपर्ने उनको भनाइ छ ।