images
images

शनिवार, जेठ ५ गते २०८१

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीले मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्दै

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीले मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्दै

images
images
images
बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीले मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्दै

    रुपन्देही, १८ माघ । 
    प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गर्न लागेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रेस चौतारी रुपन्देहीले यही माघ २० र २१ गते रुपन्देहीमा क्रियाशिल व्यवसायिक र सामाजिक संघ–संस्थाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता र २२ गते रक्तदान कार्यक्रम गर्दै छ ।

    images
    images
    images

    पत्रकार हकहित र अधिकारसँगै सामाजिक कार्यमा अग्रसर रहेको संस्थाको केन्द्रीय सर्कुलर अनुसार शाखामा आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गर्न लागिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

    स्थापना दिवसको अवसर पारेर व्यवसायिक र सामाजिक संघ–संस्थाहरु बीचमा फुटसल प्रतियोगिता, रक्तदान र डिजिटिल मिडिया सम्बन्धी पत्रकारहरुलाई तालिम गर्ने तय भएको अध्यक्ष पौडेलले बताए । पत्रकार हकहितसँगै दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ दुईदिने डिजिटल मिडिया सम्बन्धी तालिम गर्न लागिएको कार्यक्रम संयोजक उपाध्यक्ष बीपी गौतमले बताए । 

    कार्यक्रम भव्य र सभ्य ढंगबाट सम्पन्न गर्न उपसमिति बनाएर जिम्मेवारीसहित तयारी भैइहेको उनले बताए । रुपन्देहीमा रहेका व्यवसायिक, सामाजिक संघ–संस्थाहरुबीच खेलमार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ माघ २० र २१ गते (दुईदिन) मैत्रीपूर्ण फुटसल प्रतियोगिताको तयारी पूरा भएको संयोजक दिनेश कुमार श्रेष्ठले बताए । प्रतियोगितामा बिहीबारसम्म २ दर्जन बढी संघ–संस्थाहरुको नाम दर्ता भएको उनले बताए । 

    त्यसै गरी स्थापनाको मुख्य दिन माघ २२ गते सोमबार नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलमा विशेष रक्तदान कार्यक्रमको आवश्यक तयारी पूरा गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए । ब्लड बैंकमा विभिन्न ब्लड ग्रुपको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको उनले बताए । 
    रुपन्देहीमा संस्थाबाट हरेक वर्ष रक्तदानको अभियानलाई निरन्तरता दिदै आएको उपाध्यक्ष भगवती पाण्डेले बताइन् ।

    d651c8c0-a6e5-4b54-b084-7f7db4efbea9 (1).jpeg

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij