२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोट्रयाक्ट बुटवल साउथद्वारा न्यानो कपडा वितरण तथा दन्त शिविर

शुक्रवार , माघ १९, २०८०

तिलोत्तमा, १९ माघ ।
रोट्रयाक्ट क्लब अफ बुटवल साउथले न्यानो कपडा वितरण तथा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । स्वर्गीय टेकबहादुर खड्काको स्मुतिमा क्लबले रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ मा स्थित श्री सिद्ध आधारभूत विद्यालयमा उक्त कार्यक्रम गरेको हो ।

चिसो मौसमबाट बच्न विद्यार्थीहरुलाई सहज होस् तथा विद्यार्थीहरुको दाँत तथा मुख चेकजाँच होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरेको क्लबका अध्यक्ष सुविन खड्काले बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई स्वीटर, टोपी, ब्रस र टूथपेस्ट वितरण गरिएको खड्काले जानकारी दिए । उनका अनुसार क्लबले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ ।

WhatsApp Image 2024-02-01 at 8.24.39 PM.jpeg

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता, सियारी–५ का वडाअध्यक्ष धनपति खरेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु, विद्यार्थीहरु र रोट्रयाक्टका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2024-02-01 at 8.24.38 PM.jpeg

कार्यक्रममा चिरायू डेण्टल क्लिनिकले प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक डा. नेत्र भुसालले बताए ।