images
images

शनिवार, जेठ ५ गते २०८१

सिद्धार्थनगर–२ प्रथम वडा कप क्रिकेटको उपाधि मेउडिहवा सुपर किंग्सलाई

सिद्धार्थनगर–२ प्रथम वडा कप क्रिकेटको उपाधि मेउडिहवा सुपर किंग्सलाई

images
images
images
शनिवार, माघ २० २०८०
शनिवार, माघ २० २०८०
  • सिद्धार्थनगर–२ प्रथम वडा कप क्रिकेटको उपाधि मेउडिहवा सुपर किंग्सलाई

    भैरहवा, २० माघ ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ कार्यालय, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रथम वडा कप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८० को उपाधि मेउडिहवा सुपर किंग्सले जितेको छ । सिद्धार्थनगर–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा झण्डीबजार सुपर किंग्सलाई ६ रनले पराजित गर्दै मेउडिहवा सुपर किंग्सले उपाधि जितेको हो । 

    images
    images
    images

    विजेता मेउडिहवा सुपर किंग्स टीमले नगद रु. ११ हजारसहित ट्रफी तथा उपविजेता झण्डीबजार सुपर किंग्सले नगद रु. ८ हजारसहित ट्रफी पाएको सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । उनले प्रथम वडा कप क्रिकेट प्रतियोगितामा खेलाडीहरुको उत्साहजनक सहभागीता रहेको बताए ।

    फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको मेउडिहवा सुपर किंग्सले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनायो । उसका लागि खेमराज गुरुङले ५३ र उमेश कोहारले १३ रनको योगदान गरे ।
    बलिङमा झण्डीबजारका राहुल थापा र समित बासफोरले समान २/२ विकेट लिए ।

    जवाफमा झण्डीबजार सुपर किंग्सले १२ ओभरमा ६ विकेटको क्षतिमा १०१ रन बनायो । उसका लागि राहुल थापाले ५७ रनको योगदान गरे ।

    बलिङमा मेउडिहवा सुपर किंग्सका शिवशंकर गुप्ताले २, विजय धरिकार, अजय प्रजापति, विजय प्रजापति र अनिल कुमार यादवले समान १/१ विकेट दिए । प्रतियोगिता अन्तर्गत फाइनल खेलको म्यान अफ द म्याच मेउडिहवा सुपर किंग्सका खेमराज गुरुङ म्यान अफ द म्याच घोषित भए ।

    त्यस्तै रोयल मेउडिहवाका बेष्ट ब्याटर सन्देश शाक्य, बेष्ट बलर तथा उत्कृष्ट खेलाडी सोही टीमका विजय धरिकार र बेष्ट किपर झण्डीबजार सुपर किंग्सका अभय थापा घोषित भए ।

    प्रतियोगिताको विजेता, उपविजेता, म्यान अफ द म्याच, बेष्ट बलर, उत्कृष्ट खेलाडी तथा बेष्ट किपरलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का अध्यक्ष नारायण प्रसाद उपाध्याय, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, १ का अध्यक्ष उज्जवल पोखरेल, ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला) लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रतियोगितामा सहभागी सम्पूर्ण टीमका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले प्रतियोगितामा खेलाडीहरुको क्रिकेटप्रति निकै नै राम्रो लगाव रहेको आफूले पाएको बताए । उनले सिद्धार्थनगरले धेरै क्रिकेट खेलाडीहरु पाएको बताए ।

    त्यस्तै सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले सिद्धार्थनगरमा वडाहरुले खेलकुदलाई महत्व दिएको बताए ।

    प्रतियोगितामा झण्डीबजार सुपर किंग्स, रोयल मेउडिहवा चोक, रोयल फूलपुर र मेउडिहवा सुपर किंग्स गरी ४ वटा टीमको सहभागीता रहेको प्रतियोगिताका संयोजक तथा सिद्धार्थनगर–२ का वडा सदस्य राजकुमार यादवले बताए । प्रतियोगिता अन्तर्गत तीनवटा खेल भएका थिए ।

    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा कार्यालयले खेलकुदको विकासका लागि क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले सरकारले खेलकुदको विकासमा ध्यान दिएको बताए । उनले क्रिकेटको माध्यमबाट खेलाडीलाई विश्वमै चिनाउन सफल भएको बताए ।

    नगर उपप्रमुख उमा अधिकारीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुर्याउने बताइन् । 
    सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले वडा कपले विभिन्न टोलका खेलाडीबीच सम्बन्ध मजुबत बनाउने बताए ।

    सिद्धार्थनगर नगरपालिका–२ का वडा सदस्य दिपेश प्रताप शाहीको स्वागत तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) र सिद्धार्थनगर–२ का युवा श्याम कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij