images
images

शनिवार, जेठ ५ गते २०८१

गौतमबुद्ध कप : उपाधि आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबलाई

गौतमबुद्ध कप : उपाधि आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबलाई

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • गौतमबुद्ध कप : उपाधि आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबलाई

    भैरहवा, २२ माघ ।
    गौतमबुद्ध स्पोर्टिङ क्लबको आयोजनामा रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित कर्मडाडा खेलमैदानमा सञ्चालित गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता–२०८० (प्रथम संस्करण) को उपाधि आयोजकले जितेको छ ।

    images
    images
    images

    आइतबार भएको फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबले प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै बुद्ध क्रिकेट क्लब प्रतियोगिताको उपविजेता बनेको छ ।

    टस जितेर ब्याटिङ रोजेको बुद्ध क्रिकेट क्लबले निर्धारित २५ ओभरमध्ये २१ दशमलव ४ ओभरमा १० विकेट गुमाउँदै ९४ रन बनायो । उसका लागि विजय प्रजापतिले २०, अब्दुल सिद्विकीले १९ र सलिम अलीले १८ रनको योगदान गरे ।

    बलिङमा गौतमबुद्ध स्पोर्टिङ क्लबका निरज मौर्यले ३, अर्जुन रायमाझी र कृष्ण कार्कीले २–२ तथा अजय त्रिपाठी र मनोज यादवले १–१ विकेट लिए ।

    जवाफमा गौतमबुद्ध स्पोर्टिङ क्लबले २० दशमलव १ ओभरमा १ विकेटको क्षतिमा ९८ रन बनायो । उसका लागि अखिलेश यादवले ३८ (नटआउट) र अर्जुन रायमाझीले ३३ रनको योगदान गरे ।
    बलिङमा बुद्ध क्रिकेट क्लबका सहजाद आलमले १ विकेट लिए ।

    प्रतियोगिता अन्तर्गत फाइनल खेलको म्यान अफ द म्याच गौतमबुद्ध स्पोर्टिङ क्लबका अर्जुन रायमाझी घोषित भएका थिए । त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज पनि रायमाझी नै भएको आयोजकले जनाएका छन् ।

    प्रतियोगिताको विजेतालाई रु. १० हजारसहित ट्रफी तथा उपविजेतालाई रु. ४ हजार र ट्रफी पुरस्कार प्रदान गरिएको आयोजक गौतमबुद्ध स्पोर्टिङ क्लबका खेलाडी (सदस्य) अखिलेश यादवले जानकारी दिए ।

    प्रतियोगिता विजेता तथा उपविजेता टीमलाई गौतमबुद्ध स्पोर्टिङ क्लबका अध्यक्ष एवं सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार के.सी., नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयूर कसौधन, महात्मा बुद्ध माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रिजेश यादव, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी वासु थापा, दुर्गा सेन, पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र लामगादे, खेलाडीहरु मुस्ताक अहमद भाट, विजय यादव, अजय यादवलगायतले पुरस्कार वितरण गरेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij