images
images

शनिवार, जेठ ५ गते २०८१

मंगलबारदेखि ‘स्वर्गीय पवन कुमार मेमारियल तीनदिवसीय क्रिकेट प्रतियोगिता’

मंगलबारदेखि ‘स्वर्गीय पवन कुमार मेमारियल तीनदिवसीय क्रिकेट प्रतियोगिता’

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • मंगलबारदेखि ‘स्वर्गीय पवन कुमार मेमारियल तीनदिवसीय क्रिकेट प्रतियोगिता’

    भैरहवा, २२ माघ ।
    रुपन्देही क्रिकेट संघको आयोजना तथा करणी इन्टरप्राइजेज बैंकरोड, भैरहवाको प्रमुख प्रायोजनमा मंगलबार (भोलि) देखि भैरहवामा ‘स्वर्गीय पवन कुमार मेमारियल तीनदिवसीय क्रिकेट प्रतियोगिता-२०८०’ हुने भएको छ ।

    images
    images
    images

    संघको वार्षिक कार्यक्रम अन्तर्गत माघ २३ गतेदेखि यो प्रतियोगिता सुरु हुन लागेको आयोजकले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

    रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा माघ २३ देखि २५ गतेसम्म र माघ २९ देखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने उनले जानकारी दिए ।

    रुपन्देही सुपर लिग २०७८ को विजेता मेलवर्न क्रिकेट क्लब (एमसीसी), भैरहवा र रुपन्देही सुपर लीग २०७९ को विजेता वेस्टर्न क्रिकेट क्लब, बुटवलको सहभागीता रहने गुरुङले जानकारी दिए । 

    प्रतियोगिताको विजेता टीमलाई नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ सिरिजलाई रु. २ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक पुनित पोखरेलले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने पोखरेलले जानकारी दिए । 

    ‘नेपालमा यस फर्मेटमा प्रतियोगिता गराउने सम्भवत रुपन्देही क्रिकेट संघ पहिलो र एक्लो संघ हो, ’उनले भने ।

    प्रतियोगिता सञ्चालन गर्न करिब रु. २ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएका छन् ।

    करणी इन्टरप्राइजेजका प्रोप्राइटर हरिश सेठियाले आफ्नो स्वर्गीय बुवा पवन कुमार सेठियाको स्मृतिमा प्रतियोगिताको प्रायोजन गरेको बताए । ‘बुवाको क्रिकेट खेलप्रति रुची थियो । आफूले कमाएको केही अशं खेलकुदको विकासमा लगानी होस् भनेर यो प्रतियोगिताको प्रायोजन गरेका छौं, ’उनले भने ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij