images
images

शनिवार, जेठ ५ गते २०८१

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने

    बुटवल, २२ माघ ।
    विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न रुपन्देहीको बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

    images
    images
    images

    सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामूदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनले बुटवल–११ को फिफा टेक्निकल सेन्टरको मैदान र बुटवल–१३ को जबइ खेलमैदानमा प्रतियोगिता आयोजना हुने गरी तयारी भएको बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयस्तरदेखि भेट्रानसम्मका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने र खेलमैदानहरुको संरक्षण र मर्मतको काम गरिरहेको बताए । उनले आगामी दिनमा अरु धेरै विधामा खेल प्रतियोगिता आयोजना गर्ने र खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने बताए ।

    प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुने पाउनेछन् ।

    प्रतियोगितामा प्रथम हुनेले रु. १ लाख, दोस्रो हुनेले रु. ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई रु. १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij