२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

साई ग्लोबल कलेजमा सम्मान कार्यक्रम

बिहिवार , माघ २९, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २९ माघ ।
    साई ग्लोबल कलेज सिद्धार्थनगर–८, रुपन्देहीले बिहीबार बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कलेजले कक्षा १२ मा उत्र्तीण विद्यार्थीहरुलाई बधाई दिदैं सम्मान गरेको हो ।

    कलेजका निमित्त प्राचार्य सरोज कमल श्रेष्ठको अध्यक्षता तथा प्रबन्ध निर्देशक दिनेशमान अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि पिताम्बर तिवारी, नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उप–निर्देशक गुलाब धवल र सिद्धार्थ बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक जीवन घिमिरेले विद्यार्थीहरुलाई उच्च शिक्षाको महत्व र सिपमुलक शिक्षाको औचित्यता माथि प्रकाश पारेका थिए । 

    कार्यक्रममा विद्यार्थीहरु आविधा खातुन, लक्ष्मी चौधरी, सलमा खातुन, अपार गुरुङ, रिजवाना खातुन, गणेश जैसवाल लगायतका प्लस टु उत्र्तीण विद्यार्थीहरुलाई सम्मान गरियो ।

    लक्ष्मण ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विज्ञान संकायका संयोजक कृष्ण मोहन कोहार, दिवा संयोजक दिपक लामिछाने, सुपरवाइजर मनिराम भुसाल, विषयगत शिक्षक ब्रिजेश त्रिपाठी, प्रतीक जैसवाल, प्रकाश पाण्डे, पुष्पा रायमाझी, दिलीप आले, गुणानिधी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।