
मंगलवार , माघ २३, २०८०
भैरहवा, २३ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कबिहीन भएकी छन् । २८ वर्षिय सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान सिद्दिकीले बताए ।
सलमानले भने, ‘मेरो श्रीमती माघ १४ गते दिउँसो १२ बजे सिद्धार्थनगर नगरपालिका–६ स्थित माइती पुगेकी थिइन् । माइती पुगेको केही समयपछि आफूसँग रहेको झोला छोडेर उनी सम्पर्कबिहीन भएकी हुन् ।’ सालिया कुर्ता सलवार लगाएर घरबाट निस्किएको उनले जानकारी दिए । उनको खोजीका लागि परिवारले अपील गरेका छन् ।
सालियालाई भेटाउनुहुने जोकोहीले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८२१३५४५५० मा सम्पर्क गर्न सलमानले आग्रह गरे । यो दम्पत्तिले सिद्धार्थनगर नगरपालिका–३ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) नजिकै बिरयानी पसल सञ्चालन गर्दै आएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij