images
images

शनिवार, जेठ ५ गते २०८१

बिहीबारदेखि ‘२० औं सामूहिक खेल महोत्सव–२०८०’

बिहीबारदेखि ‘२० औं सामूहिक खेल महोत्सव–२०८०’

images
images
images
बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • बिहीबारदेखि ‘२० औं सामूहिक खेल महोत्सव–२०८०’

    भैरहवा, २४ माघ । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा बिहीबार (भोली) देखि ‘२० औं सामूहिक खेल महोत्सव–२०८०’ (ज्वाइन्ट स्पोटर्स मीट) हुने भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवास्थित भैरहवा खेलमैदानमा महोत्सव हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    images
    images
    images

    ‘उत्कृष्टतालाई अँगाली महानतालाई मूर्त रुप दिन खेलकुद’ भन्ने नाराका साथ माघ २५ देखि २७ गतेसम्म (तीनदिन) खेल महोत्सव हुने सामूहिक विद्यालय परिवारका अध्यक्ष युवराज पोख्रेलले बताए ।

    विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न एवं उनीहरुलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्म प्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोख्रेलले बताए । महोत्सवमा झण्डै १ हजार २ सय खेलाडी, २ सय अफिसियलस र ८ हजार दर्शकको सहभागीता रहने उनले जानकारी दिए ।

    ‘यो महोत्सव सम्पन्न गर्नका लागि करिब रु. १० लाख ७१ हजार खर्च लाग्ने अनुमान गरिएको छ र छात्र तथा छात्रालाई विभिन्न पाँच समूहमा विभाजन गरी खेलका चरणहरु सम्पन्न गरिनेछ, ’उनले भने । 

    १९ वटा विद्यालयहरुको सहभागीता रहने यो महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको संयोजक बसन्त पाण्डेले बताए । महोत्सवमा भलिबल र एथलेटिक्स खेल हुने पाण्डेले जानकारी दिए । 

    कार्यक्रममा सहभागी विद्यालयका लागि जुनियर तह (कक्षा ७ सम्म) रु. ४ हजार ५ सय र सिनियर तह (कक्षा १० सम्म) रु. ७ हजार शुल्क तोकिएको उनले बताए । 

    पत्रकार सम्मेलनमा बोल्दै सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष युवराज पोख्रेलले महोत्सवलाई सफल पार्न सिद्धार्थनगर नगरपालिकाले सहयोग गरेको र अझ सहयोगको आवश्यकता रहेको बताए । उनले महोत्सव हुन लागेको खेलमैदानलाई अझ व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिए । ‘पहिलोपटक यो खेलमैदानमा महोत्सव गर्दैछौं, ’उनले भने ।

    त्यस्तै प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले विद्यालयस्तरीय खेलकुदमा राज्यको लगानी हुनुपर्ने बताए । उनले जिल्ला खेलकुद विकास समितिमा रहेका प्रशिक्षकहरुलाई विद्यालयमा पनि पठाउनुपर्नेमा जोड दिए ।

    लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले सामूहिक विद्यालय परिवारले खेदकुद महोत्सवलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

    सामूहिक विद्यालय परिवारको सचिव सिर्जना जोशीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij