२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

कराँतेका पदक विजेता खेलाडीलाई रास्वपाद्वारा सम्मान

बिहिवार , माघ २५, २०८०

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, २५ माघ ।
    भारतमा भएको इण्डो–नेपाल कराँते च्याम्पीयनसीप–२०२४ का पदक विजेता खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्मान गरेको छ । फ्रेब्रअरी ३ र ४ तारिख भारतको करिमनगर, तेलगंगामा भएको प्रतियोगितामा नेपाल दोस्रो भएको छ ।

    प्रतियोगितामा नेपालले १९ स्वर्ण, ११ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । उक्त प्रतियोगितामा सिहान वीर मित्र नेपालबाट प्रमुख निर्णायक थिए । त्यस्तै नेपालकोतर्फबाट प्रशिक्षकद्वय मनिष पाण्डे र अनुपम ज्ञवाली सहभागी थिए ।

    WhatsApp Image 2024-02-07 at 10.21.59 PM.jpeg

    रास्वपाले भारतबाट फर्केका नेपाली कराँते खेलाडीलाई बुधबार सीमा नाका बेलहियामा सम्मान गरेको छ ।
    रास्वपा सिद्धार्थनगर समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, जीत बहादुर गुप्ता (शेखर), महेन्द्र पाण्डे, बुटवल उपमहानगरपालिका संयोजक राजेन्द्र पाण्डे, रुपन्देही क्षेत्र नम्बर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति ओम पौडेल, ५ का क्षेत्रीय समिति सदस्य गौतम पाण्डे, सिद्धार्थनगर सभापति पर्शुराम पराजुली, निवर्तमान नगर संयोजक सुमन न्यौपाने, नगर कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर–८ का सचिव उदय कार्कीलगायतले टीका, र खादा लगाएर खेलाडीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।