
बिहिवार , माघ २५, २०८०
भैरहवा, २५ माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहरास्थित कादरिया जामा मस्जिदको पुर्ननिर्माण सुरु गरिएको छ । बुधबार शिलान्यास भएसँगै मस्जिदको पुर्ननिर्माण सुरु भएको हो ।
११ धुर जग्गामा रहेको मस्जिदको पुर्ननिर्माण सुरु गरिएको सिद्धार्थनगर–४ का वडा सदस्य सईद अहमद धुनियाले जानकारी दिए ।
कादरिया जामा मस्जिदको सुफी मौलाना सिद्दिकी (सेरे नेपाल) ले शिलान्यास गर्नुभएको मदरसा कादरिया मिसबाहुल ओलुम व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अलीले बताए । उनले भवन पुर्ननिर्माण सुरु हुँदा खुसीको अनुभुति भएको बताए ।
शिलान्यास कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नगरपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा सदस्यहरु हरि बहादुर के.सी., सईद अहमद धुनिया, प्रहरी, कर्मचारी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।
मस्जिद निर्माणको जिम्मा प्रितम बिल्डर्सले सिद्धार्थनगर नगरपालिका–४ ले पाएको छ । ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीले रु. १९ लाख ३४ हजार ४ सय ३ रुपैयाँमा २०८१ जेठ २७ गतेसम्म मस्जिद (भवन) निर्माण गरिसक्नुपर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij