२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

ज्ञानपुञ्ज बोर्डिङ्गमा पुरस्कार वितरण

बिहिवार , माघ २५, २०८०

  • 874
    Shares
  • 874
    Shares
  • बुटवल, २५ माघ ।  
    ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूलले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । स्कूलले वार्षिकोत्सवको अवसर पारेर साताव्यापी खेलकुद सप्ताह सञ्चालन गरेको थियो । उक्त साताव्यापी खेलकुद प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

    पुरस्कार वितरण कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष शिव रानाले तिनाउ पश्चिममा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्न सफल ज्ञानपुञ्ज स्कूलले जीवन उपयोगी शिक्षा दिदै अगाडि बढ्नपर्ने बताए । नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले स्कुलले निकै मिहिनेत गरेर विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगबाट गुणस्तरीय शिक्षा दिदै अगाडि बढ्नुपर्ने बताए ।

    स्कूलका प्राचार्य तोयाराम पौडेलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको सर्वाङगीण विकासका लागि अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उत्तिकै प्राथमिकता दिएर अगाडि बढेको बताए । उनले आगामी दिनमा समयसापेक्ष ढंगले सबैको रायसुझाव अनुसार थप गुणस्तरीय शिक्षा दिने बताए ।  

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकाल, विद्यालयका सहायक प्राचार्य हिमलाल न्यौपाने, ईसिए प्रमुख हरी भट्टराईले आफ्ना भनाइ राख्दै विद्यार्थीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न हरेक वर्ष खेलकुद सप्ताह आयोजजा गरी विद्यार्थीको खेल प्रतिभा प्रष्फुटन गराउँदै आएको बताए ।