२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस नेतृ लक्ष्मी पाण्डेको निधनमा शोक सभा

बिहिवार , माघ २५, २०८०

भैरहवा, २५ माघ ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुर, पथ्थरगंज निवासी सामाजिक तथा राजनैतिक व्यक्तित्व लक्ष्मी पाण्डेको निधनमा शोक सभा गरिएको छ । 

कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर १९ कार्यसमितिले पाण्डेको निधनको पाँचौ दिनको पुण्यतिथिमा बिहीबार शोकसभा गरेको हो । उनको गत माघ २१ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

शोकसभामा बोल्दै कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङ्गले पाण्डेको निधनले पार्टीले एउटा असल अभिभावक गुमाएको बताए । उनले पाण्डले निधनले पार्टीलाई मात्र नभइ समग्रमा यस क्षेत्रको सामाजिक, साँस्कृतिक तथा धार्मिक कार्य र समाजको रुपान्तरणमा ठूलो क्षति पुर्याएको बताए ।

कांग्रेस बुटवल–१९ का सभापति टिकाराम पाण्डेको सभापतित्व तथा पार्टीका क्षेत्रीय सभापति सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीको क्षेत्र नम्बर ३ सचिव भवानी शर्मा, सचिव तथा प्रवक्ता लेखनाथ भट्टराई, बुटवल उपमहानगरपालिकाका उपसभापति ज्योति पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाअध्यक्ष शिव राना, प्रदेश प्रतिनिधि प्रेम पौडेल, दुर्गा चापागाई, सिद्धार्थनगर समितिका सचिव अनिल कुमार के.सी., क्षेत्रीय सदस्य चिरञ्जीवी ढकाल, पूर्व महाधिवेशन प्रतिनिधि हरिहर श्रेष्ठ, बुटवल–१९ का पूर्व वडाअध्यक्ष हिमबहादुर खत्री, १४ का वडा सभापति नर बहादुर मल्ल, १८ का सभापति हुमराज ढकाल, समाजसेवी मिन प्रसाद श्रेष्ठ, ओम अर्याल, राजकुमार यादव लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वागतसहित स्व. लक्ष्मी पाण्डेको जीवनी वडाका सह–सचिव जीवन क्षेत्री तथा कार्यक्रम वडा सचिव केदार न्यौपानेले सञ्चालन गरेका थिए ।

Image 2024-02-08 at 11.20.14 AM (6).jpeg
undefined

त्यसै गरी बिहीबार बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुर, पथ्थरगंजमा समाजसेवी हिमलाल राना क्षेत्रीको ९७ वर्षको उमेरमा भएको निधनमा नवौं दिनको पुन्यतिथिमा शोक सभा कार्यक्रम पनि सम्पन्न भएको थियो ।