२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसको अध्यक्षमा भण्डारी

बिहिवार , माघ २५, २०८०

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २५ माघ ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीको २१ औं जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले विवेक भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ इकाई कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

    425540497_400456409207121_1669409925462733143_n.jpg
    विवेक भण्डारी

    कमिटीको उपाध्यक्षमा नवराज ठकुरी, सचिवमा प्रशंसा भण्डारी, कोषाध्यक्षमा सुजल पौड्याल, सह–सचिवमा अजित कुमार गुप्ता अग्रहरी र राकेश कुर्मी रहेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरीले विद्यार्थीहरुको हकहितमा अनेरास्ववियुले निरन्तर आवाज उठाउँदै आएको बताए । उनले अनेरास्ववियु ठूलो र शक्तिशाली संगठन भएको दावी गरे ।

    कार्यक्रममा नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष एवं भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव चक्र बहादुर थापा, अनेरास्ववियु रुपन्देही अध्यक्ष भरत अर्याल, उपाध्यक्ष अर्जुन गैरे, निरज आचार्य लगायतले भनाइ राखेका थिए ।