२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

भैरहवामा ‘इन्टर लायन्स डीजी कप–२०२४’ हुँदै

शुक्रवार , माघ २६, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २६ माघ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा शनिबार (भोली) भैरहवामा ‘इन्टर लायन्स डीजी कप–२०२४’ क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) अन्तर्गतका लायन्स क्लबहरुको सहभागीता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    प्रतियोगितामा लायन्स क्लब अफ सिद्धार्थनगर, होलीसिटी सिद्धार्थनगर, सिद्धार्थनगर युथ, भैरहवा ग्रीन सिटी, सिद्धार्थनगर प्रोग्रेसिभ (लुम्बिनी), सिद्धार्थनगर प्रोग्रेसिभ (सगरमाथा), भलवारी सिटी र भैरहवा लिगेसी गरी ८ वटा क्लबको सहभागीता रहने कार्यक्रम संयोजक अभिनव मयूर कसौधनले बताए । लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका पूर्वअध्यक्ष तथा क्लबका एक्सटेन्सन चेयरपर्सन समेत रहेका कसौधनले प्रतियोगिता आयोजना गर्न २ लाख रुपैयाँ खर्च हुने बताए । प्रत्येक टीमलाई सहभागीता शुल्कवापत ८ हजार ५ सय रुपैयाँ तोकिएको उनले जानकारी दिए । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नकआउट विधि (सुपरसिक्स) मा हुने लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष मिलन विश्वकर्माले जानकारी दिए । 

    रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार (एकैदिनमा) सम्पन्न हुने विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगिताको विजेता टीमलाई रु. २५ हजार र उपविजेतालाई रु. १५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटर, बेष्ट फिल्डर र अनुशासित टीमलई अवार्डको व्यवस्था रहेको उनले बताए ।

    कार्यक्रममा एरिया–५ का चिफ सतिश कुमार कौसल (दीपक), लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधन, निवर्तमान अध्यक्ष सुनिल सेन्चुरी, लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीलगायतले बोलेका थिए ।

    लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका प्रथम उपाध्यक्ष संजोगराज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।