२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मणिमुकुन्दमा वृहत फूड फेस्टिबल

शुक्रवार , माघ २६, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बुटवल, २६ माघ । 
    मणिमुकुन्द कलेज बुटवलमा फुड फेस्टिबल, नतिजा प्रकाशन र साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा होटेल म्यानेजमेन्ट पढ्ने कक्षा १२ का दिवा र बिहानी समूहका विद्यार्थीहरुले पहिलोपटक फूड फेस्टिबल गरेका हुन् । फेस्टिबलमा विभिन्न परिकारका १० वटा स्टल राखिएका थिए । 

    कार्यक्रममा बोल्दै प्राचार्य टुकबहादुर क्षेत्री, सह–प्राचार्य दिवाकर खनालले विद्यार्थीले पाठ्यक्रममा सिकेको ज्ञान व्यहारमा उतार्न सकून् भन्ने उद्देश्यले फुड फेस्टिबल गरिएको बताए । 

    कलेजका व्यवस्थापन संयोजक पशुपति चौधरी, विज्ञान संयोजक लक्ष्मण गैरेले विद्यार्थीलाई जीवनउपयोगी र व्यवहारिक ज्ञान अभिवृद्धिका गराई आत्मनिर्भर एवं व्यवसायिक बनाउन फूड फेस्टिबलले सहयोग पुग्ने बताए ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक जीएन शर्मा न्यौपाने, होटल फ्लमिंगोका जनरल म्यानेजर भानु राई, सेल्स डाइरेक्टर प्रकाश खनाल, विद्यार्थी निर्माण सुवेदी लगायतले मणिमुकुन्द कलेजले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको चौतर्फी विकासलाई उत्तिकै महत्व दिएर अतिरिक्त क्रियाकलापमा पनि अग्रणी रहेको बताए । 

    फूड फेस्टिबलमा विद्यार्थीले तयार गरेका परिकार अभिभावक, विद्यार्थी, प्राध्यापक लगायत १ हजार जना बढीले किनेर स्वाद लिएका होटेल म्यानेजमेन्टका शिक्षकहरु दिलिप आले र गोबिन्द गाहाले बताए ।  

    शुक्रबारै सार्वजनिक गरिएको पूर्व ल्याकत (प्रि सेन्डअप) को नतिजा प्रकाशनपछि विद्यार्थीलाई अभिभावकसँगै राखेर परीक्षामा उनीहरुका सबल र कमजोर पक्षबारे विषय शिक्षकहरुले सुझाव दिइएको कलेजका सञ्चालक उमापति न्यौपानेले जानकारी दिए।