२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

भैरहवामा अञ्चलपुर कप–२०७७ सुरु

शुक्रवार , माघ ३०, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, ३० माघ ।
    रुपन्देहीको भैरहवामा शुक्रबारदेखि टी–टेन टेनिस बल क्रिकेट टुर्नामेन्ट अञ्चलपुर कप–२०७७ सुरु भएको छ । खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले युवाहरुलाई प्रोत्साहन गर्न सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा प्रतियोगिता गरिएको आयोजक राजन गुप्ताले बताए ।

    प्रतियोगिताको प्रमुख अतिथि फैज इन्टरनेशनलका सञ्चालक तथा समाजसेवी फैज अहमद खानले उद्घाटन गरे । कार्यक्रममा बोल्दै खानले क्रिकेटको माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताए । उनले सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । रुपन्देही जिल्लाले क्रिकेटको क्षेत्रमा धेरै योगदान पुर्याएको उनको भनाइ छ ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले नेपालको क्रिकेट उच्च स्थानमा पुगेको बताए । 

    नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धर्मराज गिरीले अनुशासित भइ खेल्न खेलाडीहरुलाई आग्रह गरे । जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष मंगल भण्डारीले युवाहरुले रचनात्मक कार्य गरेको बताए । भीम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहने राजन गुप्ताले जानकारी दिए । प्रतियोगिताको विजेतालाई  रु. १५ हजार तथा उपविजेतालाई रु. ७ हजार ५ सय पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक राहुल सहानीले बताए ।

    प्रतियोगिता सञ्चालन गर्न फैज इन्टरनेशनल, भण्डारी इञ्जिनियरिङ, युनाइटेड साइ मोटर्स, जसिरा टे«ड कन्सर्न, सिद्धार्थ इन्टरनेशनल प्रा.लि., नन्दन स्वीट्स, लाइट हाउस, भैरहवा साउण्ड सिस्टम, शुभ पन्थ सप्लायर्स, सफल अटो इन्टरनेशनल, रोशन घिमिरे लगायतको सहयोग रहेको आयोजकले जनाएका छन् ।