images

शनिवार, बैशाख २२ गते २०८१

एभरेष्टमा गायन, फुटबल र ब्याटमिन्टन प्रतियोगिता

एभरेष्टमा गायन, फुटबल र ब्याटमिन्टन प्रतियोगिता

images
images
images
शनिवार, माघ २७ २०८०
शनिवार, माघ २७ २०८०
  • एभरेष्टमा गायन, फुटबल र ब्याटमिन्टन प्रतियोगिता

    बुटवल, २७ माघ  । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएका छन् । शुक्रबारीय कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्म गायन प्रतियोगिता र कक्षा ४ देखि १० सम्मको अन्तरसदनात्मक फुटबल प्रतियोगिता तथा छात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका छन् । 

    images
    images
    images

    गायन प्रतियोगितामा कक्षा १ बाट रिदिमा पाण्डे प्रथम, प्रतिमा खतिवडा द्वितीय, आस्था पन्थी तृतीय, कक्षा २ बाट सभ्यता थापा प्रथम, जेरि राना द्वितीय, सौरभी थापा तृतीय र कक्षा ३ बाट प्राची पुन प्रथम, सिमन, सियोन थापा द्वितीय र दिप्सन ढकालले तृतीय भए । 

    त्यसै गरी फुटवल प्रतियोगितामा कक्षा ६ देखि ८ अन्तर्गत ग्रीनन हाउस प्रथम र ब्लु हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् भने कक्षा ९ र १० अन्र्तगत ब्लु हाउस प्रथम र ग्रिन हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् । 

    त्यस्तै छात्रा ब्याडमिन्टनतर्फ सपना साह प्रथम, सिमाना न्यौपाने द्वितीय र युवा कुमारी थापाले तृतीय स्थान हासिल गरे । विद्यालयका सह–प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यालयले विभिन्न खेलकुदहरु र ज्ञानबद्र्धक प्रतियोगिताहरु आयोजना गरिरहने र त्यसमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए । 

    कार्यक्रममा उपप्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतिथ्य, प्रथमिक संयोजक आशा भुसाल र सदन शिक्षकहरुको संयोजकत्व तथा संगित शिक्षक विशाल थापा, तिलक थापा र सीमा थापाको निर्णायकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय समृद्धि शर्मा र आयुष्मा कक्षपतिले गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij