
आइतवार , माघ २८, २०८०
तिलोत्तमा, २८ माघ ।
रुपन्देहीको तिलोत्तमा ड्राइभरटोलमा ‘युवासँग युवा’ भेला सम्पन्न भएको छ । पछिल्लो समय युवाहरुमा सम्भावनाको खोजी गर्दै देशको आर्थिक, सामाजिक, राजनीतिक सुधारका निम्ति युवाहरु एकठाउँ हुनुपर्ने निचोड निकाल्दै सो भेला सम्पन्न भएको हो ।
देशमा भएका आर्थिक, सामाजिक, नकारात्मक क्रियाकलाप तथा जनताले पाएको दुःखलाई सहजीकरण गर्दै समृद्ध देशमा युवाहरुको योगदान अनिवार्य भएको भन्दै भेलामा सहभागी युवाले देश पछाडी पर्नुमा सबै नेपालीको दोष रहेको आंकलन गरेको छ । राजनीति मात्रै देश पछि पर्नुको कारण नभइ युवाहरु गलत बाटोमा हिड्ने र युवाहरुले खबरदारी नगर्ने परिपाटीले गर्दा यो समस्या भोग्नुपरेको भेलामा बोल्ने वक्ताहरुले बताए ।
तिलोत्तमाका युवा अभियन्ता लक्ष्मण गौतमले सामाजिक सञ्जालमा निमन्त्रणा गरेर आयोजना तिलोत्तमाको ड्राईभरटोलको ड्रिम भ्यू होटलमा आयोजना गरिएको सो भेलामा करिब १ सयको हाराहारीमा युवायुवतीहरुको उपस्थिति रहेको थियो ।
विभिन्न क्षेत्रका जानकारहरुको समेत उपस्थिति रहेको सो भेलामा विद्यार्थी, उद्योगी, व्यवसायी, वकिल, स्वास्थ्यकर्मी, शिक्षक, उपभोक्ता, राजनीतिज्ञ, युवा अभियन्ताहरुले युवाहरुको सहभागीता र सम्भावनाका बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
सो भेला पश्चात पत्रकारहरुसँग कुरा गर्दै आयोजना गरेका गौतमले धेरै जिल्लाबाट यस्तो खालको कार्यक्रम गर्नका लागि आग्रह भइरहेको बताउँदै युवाहरुलाई समाज सुधारको बाटोमा सक्रियता बढाउन अन्य जिल्लाहरुमा समेत यस्तो कार्यक्रमको आयोजना गरिने बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij