images

शनिवार, बैशाख २२ गते २०८१

विद्यालयस्तरीय बुटवल मेयर कपमा ८ खेल सम्पन्न

विद्यालयस्तरीय बुटवल मेयर कपमा ८ खेल सम्पन्न

images
images
images
आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • विद्यालयस्तरीय बुटवल मेयर कपमा ८ खेल सम्पन्न

    बुटवल, २८ माघ ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाको आयोजनामा सुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताअन्तरगत शनिबार ८ वटा खेल भएका छन् । शनिबार एन्फा टेक्निकल सेन्टरमा भएका खेलमा एभरेष्ट मावि र मणिमुकुन्द माविबीचको खेल २–० ले एभरेष्ट विजयी भएको छ ।

    images
    images
    images

    कालिका मानवज्ञान मावि र प्रगति माविबीचको खेलमा १–० गोलअन्तरले प्रगति विजयी भएको छ भने स्कलर्स मावि र न्यु होराइजन माविका बीचमा भएको खेलमा १–० गोल अन्तरले स्कलर्स विजयी भएको छ ।

    त्यस्तै एन्फा खेलमैदानमै भएको एभरेस्ट मावि र प्रगति मावि बीचको खेलमा २–० गोलअन्तरले एभरेष्ट विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै जबई खेल मैदानमा इन्टलेक्चुअल मावि र मोतीपुर ३–० गोलअन्तरले मोतीपुर विजयी भयो भने ज्ञानोदय मावि र क्यानन माविबीचमा भएको खेल बराबरी भएपछि टाइब्रेकरमा ५–३ गोलअन्तरले ज्ञानोदय विजयी भएको छ । 

    त्यस्तै सरस्वती मावि र कान्ति माविबीचको खेल टाइब्रेकरमा जाँदा सरस्वती ३–२ अन्तरले विजयी भएको छ । त्यसै गरी उजिरसिंह मावि र मोतिपुर मावि बीचको खेलमा ३–० ले उजिरसिंह विजयी भएको खेल सह–संयोजक ईश्वर गुरुङले जानकारी दिए ।

    प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थी मात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij