images

आइतवार, बैशाख २३ गते २०८१

लायन्स सिद्धार्थनगर युथले जित्यो ‘इन्टर लायन्स डीजी कप’ को उपाधि

लायन्स सिद्धार्थनगर युथले जित्यो ‘इन्टर लायन्स डीजी कप’ को उपाधि

images
images
images
आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • लायन्स सिद्धार्थनगर युथले जित्यो ‘इन्टर लायन्स डीजी कप’ को उपाधि

    भैरहवा, २८ माघ ।
    लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरको आयोजनामा शनिबार भैरहवामा भएको ‘इन्टर लायन्स डीजी कप–२०८४’ सुपर सिक्स क्रिकेट टुर्नामेन्ट (प्रतियोगिता) को उपाधि लायन्स क्लब अफ सिद्धार्थनगर युथले जितेको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीलाई ३ विकेटले पराजित गर्दै लायन्स सिद्धार्थनगर युथले उपाधि जितेको हो ।

    विजेता भएसँगै लायन्स सिद्धार्थनगर युथले रु. २५ हजारसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता लायन्स भैरहवा ग्रिन सिटीले रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको आयोजकले जनाएका छ । प्रतियोगिताको मुख्य प्रायोजन नेको इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको थियो ।

    फाइनल खेलमा टस जितेर सिद्धार्थनगर युथले बलिङ रोज्यो । पहिला ब्याटिङको निम्तो पाएको ग्रीन सिटीले निर्धारित ५ ओभरमा १ विकेट गुुमाउँदै ५९ रनको योगफल बनायो । उसका लागि विशाल बस्नेतले २३, रोशन शर्माले १६ र सागर गुरुङले ३ रनको योगदान गरे ।

    बलिङमा सिद्धार्थनगर युथका शिवु आलेले १ विकेट लिए ।

    जीतका लागि ६० रनको लक्ष्य पाएको युथले ५ ओभरमा २ विकेट गुमाउँदै ६२ रन बनायो । उसका लागि मसहुर आलमले २४, सन्देश शाक्यले २१ र असिम सैंजुले १० रनको योगदान गरे ।

    बलिङमा ग्रीन सिटीका थानेश्वर पाण्डे (प्रकाश) र विशाल बस्नेतले १/१ विकेट लिए । फाइनल खेलमा सिद्धार्थनगर युथका मसहुर आलम म्यान अफ द म्याच घोषित भएका थिए ।

    प्रतियोगितामा म्यान अफ द सिरिज सन्देश शाक्य, बेष्ट ब्याटर सन्देश शाक्य, बेष्ट बलर मिलन विश्वकर्मा, बेष्ट फिल्डर क्रितेश कुमार श्रेष्ठ र अनुशासित टीम लायन्स क्लब अफ भैरहवा लिगेसी भएका थिए ।

    विजेता, उपविजेता टीमलाई लायन्सका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा, नेको इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञवाली, लायन्सका अगुवा ओम कुमार श्रेष्ठ, आयोजक लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष मिलन विश्वकर्मा, निवर्तमान अध्यक्ष सुनिल सेन्चुरी, कार्यक्रम संयोजक अभिनव मयूर कसौधनलगायतले पुरस्कार प्रदान गरेका थिए ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले यस्ता प्रतियोगिताले लायन्स क्लबहरुबीच थप आत्मीयता बढाउने बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

    कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, नेको इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञवाली, कार्यक्रम संयोजक अभिनव मयुर कसौधन, लायन्स सिद्धार्थनगर प्रोग्रसिभका अध्यक्ष मिलन विश्वकर्मा, प्रथम उपाध्यक्ष संजोगराज तिवारी, सचिव गणेश न्यौपानेलगायतले बोलेका थिए ।

    रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भएको क्रिकेट प्रतियोगितामा ७ वटा लायन्स क्लबहरु (टीम) सहभागी भएका थिए।
    प्रतियोगितामा लायन्स क्लब होलीसिटी सिद्धार्थनगर, सिद्धार्थनगर युथ, भैरहवा ग्रीन सिटी, सिद्धार्थनगर प्रोग्रेसिभ (लुम्बिनी), सिद्धार्थनगर प्रोग्रेसिभ (सगरमाथा), भलवारी सिटी र भैरहवा लिगेसी गरी ८ वटा क्लबको सहभागीता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij