आइतवार , माघ २८, २०८०
भैरहवा, २८ माघ ।
प्रथम विद्यालयस्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन भैरहवास्थित हेभेन्ली गार्डेन किड्स क्याम्पसका विद्यार्थी काठमाडौं जाने भएका छन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा फागुन १ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुन लागेको प्रतियोगितामा रुपन्देहीको प्रतिनिधित्व गर्दै हभेन्ली गार्डेनका १४ जना विद्यार्थी त्यसतर्फ जान लागेका हुन् ।
राष्ट्रिय तेक्वान्दो एकेडेमी सातदोवाटो ललितपुरमा हुने प्रतियोगितामा हेभेन्लीका विद्यार्थीहरुले स्पायरिङ्ग र पुम्सेतर्फका खेलमा सहभागी हुने गरी तयारी गरिरहेको प्राचार्य रचना क्षेत्रीले जानकारी दिइन् । ११ वर्षकोमुनीको समूहमा खेल्नका लागि हेभेन्लीबाट ५ वर्षदेखि ११ वर्षसम्ममा विद्यार्थीले सहभागीता जनाउँदैछन् ।
आयुसमान श्रेष्ठ, शुयोस सारु मगर, अनमोल राई, लक्ष्य गुप्ता, अभ्नी शुक्ला, समृद्धि खड्का, करुना थापा, नमन गुरुङ, संरक्षण केसी, साहिल रावल, आरोग्य थापा, रक्षा वन, सक्षमराज थापा, विक्रान्त पाण्डेले तेक्वान्दो प्रतियोगितामा भाग लिने प्रशिक्षक कोशिष बहादुर खड्काले जानकारी दिए ।
हेभेन्लीका विद्यार्थीले मलेसिया र कोरियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइ विभिन्न पदक प्राप्त गरेकोले यस पटकको प्रतियोगितामा पनि पदक हात पार्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक खड्काले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
