images

शुक्रवार, बैशाख २१ गते २०८१

सिद्धार्थनगरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

सिद्धार्थनगरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

images
images
images
आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • सिद्धार्थनगरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    भैरहवा, २८ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयको आयोजनामा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा खेलमैदानमा सुरु भएको तीनदिने प्रतियोगिताको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चपाईले सिद्धार्थनगर नगरपालिकाले नगरस्तरीय धेरै खेलकुद प्रतियोगिताहरुको आयोजना गरेको भन्दै प्रशंसा गरे । उनले भैरहवाले धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन गरेको बताउँदै यसमा नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले खेल नगर र देशको लागि मात्र नभइ आफ्नै स्वास्थ्यको लागि महत्वपूर्ण रहेको बताए । खाँले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्र्थीाई नगरले पुरस्कृत गर्ने घोषणा गरे ।

    नगर उपप्रमुख उमा अधिकारीले नगरपालिकाले खेलकुदलाई सदैव प्राथमिकतामा राखेको आगामी दिनहरुमा राख्ने बताइन् । उनले नगरस्तरीय खेलकुद प्रतियोगिताले लुकेका प्रतिभाको प्रष्टफुटन हुनेमा विश्वास व्यक्त गरिन् ।

    नगरस्तरीय सामुदायिक र संस्थागत समेत गरी प्रतियोगितामा २९ विद्यालयहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र–छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दो खेल समावेश गरिएको छ । प्रतियोगितामा ८ सय ३९ जना खेलाडीहरुले सहभागीता जनाएको सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा अधिकृत जानह्वी पाण्डेले बताइन् ।

    नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख उमा अधिकारी, वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, श्री बेलहिया माध्यमिक विद्यालयकी प्रधानाध्यापक बीना भण्डारीले बोल्दै नगरस्तरीय खेल गतिविधिहरु बढाउँदै लैजानुपर्ने बताए ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको स्वागत तथा शिक्षा शाखा अधिकृत जानह्वी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij