images

आइतवार, बैशाख २३ गते २०८१

प्रदेशस्तरीय आइटी हाजिरीजवाफमा मणिमुकुन्द प्रथम

प्रदेशस्तरीय आइटी हाजिरीजवाफमा मणिमुकुन्द प्रथम

images
images
images
सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • प्रदेशस्तरीय आइटी हाजिरीजवाफमा मणिमुकुन्द प्रथम

    बुटवल, २९ माघ । 
    रुपन्देहीमा भएको प्रदेशस्तरीय इञ्जिनियरिङ तथा आईटी हाजिरीजवाफ प्रतियोगितामा बुटवलको मणिमुकुन्द कलेजका विद्यार्थीहरु प्रथम भएका छन् । कलेजका विद्यार्थीहरु सक्षम न्यौपाने र प्रतिक शर्मा प्रथम भएका हुन् । 

    images
    images
    images

    प्रतियोगितामा होराइजन जिबिएस कलेज डाइभरटोलका निशान्त नेपाल र शिशिर पोखरेल दोस्रो तथा प्रयास खनाल र आयुश मरासिनी तेस्रो भएका छन् । त्यस्तै तिलोत्तमा क्याम्पसका विद्यार्थीहरु सान्त्वना भएका छन् ।

    प्रथम भएका मणिमुकुन्दका विद्यार्थीले नगद रु. १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाउनुका साथै काठमाडौंका चर्चित इन्जिनियरिङ कलेजमा स्नातक तह (बीई) अध्ययनका लागि पूर्ण छात्रवृत्ति र राष्ट्रियस्तरको आइटी क्वीजमा भाग लिन पाउने भएको कलेजका संयोजक पशुपति चौधरीले बताए । यसैबीच प्रथम भएका विद्यार्थीहरुलाई कलेजमा आयोजित एक कार्यक्रममा प्राचार्य टुकबहादुर क्षेत्री लगायतले सम्मान गरेका छन् ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij