
बिहिवार , फाल्गुण ३, २०८०
भैरहवा, ३ फागुन । जेसीआई सिद्धार्थ लेडी, नेपालले शैक्षिक सामग्री प्रदान गरेको छ । लेडी जेसीजले रुपन्देहीको मायादेवि गाउँपालिका–८ बसडिलवास्थित जनचेतना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।
उक्त विद्यालयमा शहरको नजिक भएर पनि आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले अध्ययन गर्ने गरेको थाहा पाएपछि कापी, कलम, पेन्सिल, झोला लगाष्तका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष संगिता आचार्यले जानकारी दिइन् ।
उक्त सामग्री विद्यालयकी प्राचार्य तुल्सी सुवेदीलाई हस्तान्तरण गरिएको थियो । लेडी जेसीजको वार्षिक कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक सिर्जना ज्ञवालीले जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुस्तफा मिया, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष छविलाल यादव, जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष दीपक काफ्ले लगायतले बोल्दै सामाजिक कार्यक्रममा थप अग्रसर हुन आग्रह गरे । कार्यक्रम रीता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij