२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

देवदहमा इनरव्हील सर्पोट मोडेल स्कूल सञ्चालनमा

शुक्रवार , माघ ३०, २०७७

बुटवल, ३० माघ ।
इनरव्हील क्लब अफ बुटवलले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत रुपन्देहीको देवदहमा ३ वर्षे इनरव्हील सर्पोट मोडेल स्कूल सञ्चालनमा ल्याएको छ । देवदह नगरपालिका वडा नम्बर ३ सेमरहवामा रहेको श्री कोटही आधारभूत विद्यालय शिशपुरमा अध्ययनरत १ सय ४० विद्यार्थीहरुलाई आवश्यक शैक्षिक तथा खेलकुदका सामाग्रीहरु प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गरेको क्लबले जनाएको छ ।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष शोभा जोशी, प्रमुख अतिथि वडा प्रतिनिधि केशव राना, निर्वतमान डिष्ट्रिक चेयरपर्सन समिरा ध्वजु, विद्यालयका प्रअ रमेश न्यौपानेले क्लबबाट प्रदान गरिएका सामाग्रीहरु वितरण गरिएको थियो । क्लब र क्लबमा आवद्ध सदस्यहरुले जम्मा गरेको स्कूल झोला, कापी, कलम, सेतोपाटी, खेलकुदका सामाग्रहरु विद्यार्थीहरुलाई वितरण गरिएको क्लबका अध्यक्ष शोभा जोशीले जानकारी दिइन् ।

सो अवसरमा बोल्दै अध्यक्ष जोशीले सामाजिक क्षेत्रमा क्लबले आफ्नो उपस्थिति जनाउने क्रममा शिक्षाको उज्यालोबाट वञ्चित बनेका बालबालिकाहरुलाई विद्यालय  जान सहज बन्न सकोस् भनेर इनरव्हील सर्पोट मोडेल स्कूल सञ्चालनमा ल्याएको बताइन् । तीन वर्षसम्म चल्ने कार्यक्रममा स्थानीयको आवश्यकतामा सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

क्लबका अध्यक्ष शोभा जोशीको अध्यक्षता, सचिव सम्झना ज्ञवालीको सञ्चालन, मञ्जु श्रेष्ठको धन्यवाद ज्ञापन तथा कार्यक्रम संयोजक विश्व श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा वडा प्रतिनिधि केशव राना, निर्वतमान डिष्ट्रिक चेयरपर्सन समिरा ध्वजु, विद्यालयका प्रअ रमेश न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, चिरञ्जीवी पौडेल, आसिसीका केन्द्रीय कोषाध्यक्ष शक्ति प्रसन्न गिरी, क्लबका संस्थापक अध्यक्ष बसुन्धरा कशजु लगायतले बोलेका थिए । 

यसैबीच क्लबले सञ्चालन गरेको इनरव्हील सर्पोट मोडेल स्कूललाई व्यवस्थित बनाउन क्लबका अध्यक्ष शोभा जोशीको अध्यक्षतामा एक समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा क्लबकी उपाध्यक्ष मञ्जु श्रेष्ठ, सचिवमा विद्यालयका प्रअ रमेश न्यौपाने, कोषाध्यक्षमा शिक्षिका लक्ष्मी ज्ञवाली, सह–कोषाध्यक्षमा विश्व श्रेष्ठ तथा सदस्यहरुका ममता चौधरी, ममता परियार, देव बहादुर सारु, भारती जोशी र सरस्वती श्रेष्ठ रहेका छन् । समितिको सल्लाहाकारमा कृष्ण बहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, शान्ता शाक्य, बसुन्धरा कसजु, समिरा ध्वजु रहेका छन् भने वरिष्ठ संरक्षकमा वडा अध्यक्ष बैकुण्ठ कुवर रहेका छन् ।
त्यसै गरी क्लबले महिलाहरुलाई सशक्तिकरण गराउने उद्देश्यले देवदह नगरपालिका वडा नम्बर ३ हात्तिडाडामा रहेको मेलमिलाप महिला समुहसंग सहकार्य गरी कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ ।

इनरव्हील मोडेल भिलेजका रुपमा त्यहाँ रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित शिपमुलक तालिमहरु सञ्चालन गर्ने सहमति भएको क्लक अध्यक्ष जोशीले बताए । त्यसका लागि शोभा जोशीको अध्यक्षतामा एक समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष मञ्जु श्रेष्ठ,, सचिव जगुमाया सुवेदी, कोषाध्यक्ष राधा गिरी तथा सदस्यहरुमा कला रेग्मी, रमा अर्याल, बबिता श्रेष्ठ, पुष्पा कशौधन संजीला कसजु, शशी श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा  कृष्ण प्रसाद श्रेष्ठ, चिरञ्जीवी पौडेल, शान्ता शाक्य, बसुन्धरा कशजु र समिरा ध्वजु रहेका छन् ।