२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

देउसीभैलोबाट संकलित रकमबाट विश्रामस्थल निर्माण

शनिवार , फाल्गुण ५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ५ भदौ । मायादेवी युवा तथा बौद्धीक समाजले देउसीभैलोबाट संकलित रकमबाट विश्रामस्थल निर्माण गरेको छ । समाजले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ८ बसडिलवा, खोप केन्द्रमा विश्राम स्थल निर्माण गरेको हो ।

    देउसीभैलोबाट संकलित रकमबाट ४९ हजार ४ सय पचास रुपैयाँ बरारबको लागतमा विश्रामस्थल निर्माण गरिएको मायादेवी युवा तथा बौद्धीक समाजका संयोजक तारा प्रसाद जैँसीले बताए ।

    शनिवार एक कार्यक्रमकाबिच विश्राम स्थलको उद्घाटन गरिएको समाजका सदस्य प्रशान्त कुँवरले जानकारी दिए ।

    समाजका संयोजक तारा प्रसाद जैँसीको अध्यक्षता, मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाअध्यक्ष चोक बहादुर थापाको  प्रमुख आतिथ्यता,  समाज सेवी ओम पौडेल, बसडिलवा टोल विकास संस्थाका अध्यक्ष कुलप्रसाद काफ्लेको आतिथ्यता, पार्वती काफ्ले यादवको स्वागत तथा शैलेन्द्र कुमार थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    देउसीभैलोबाट संकलित रकमबाट  मायादेवी युवा तथा बौद्धीक समाजले यस अघी मायादेवी ८ स्थित जनचेतना माध्यमीक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरिसकेको समाजका सचिव गोविन्द कृष्ण बोगटीले बताए ।