images

मंगलवार, बैशाख १८ गते २०८१

तिलोत्तमा क्रिकेट कप सुरु, उद्घाटन खेलमा वडा नम्बर १६ र २ विजयी

तिलोत्तमा क्रिकेट कप सुरु, उद्घाटन खेलमा वडा नम्बर १६ र २ विजयी

images
images
images
आइतवार, फाल्गुण ६ २०८०
आइतवार, फाल्गुण ६ २०८०
  • तिलोत्तमा क्रिकेट कप सुरु, उद्घाटन खेलमा वडा नम्बर १६ र २ विजयी

    तिलोत्तमा, ६ फागुन ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दोस्रो तिलोत्तमा कप क्रिकेट प्रतियोगिता–२०८० सुरु भएको छ ।  नगरका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता सुरु भएको हो । तिलोत्तमा नगरपालिका तथा नवजिवन क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।

    images

    प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले युवा खेलाडीहरुलाई खेलमार्फत एकताबद्ध र प्रोत्साहन गर्ने रुपमा खेल गतिविधिलाई अघि बढाएको बताए । नगरमा आयोजना हुने प्रतियोगिता खेलाडी उत्पादनको आधार भएको भन्दै उनले नगरमा पूर्वाधार विकास गर्दै खेलकुद गतिविधिमा जोड दिएको बताए । ‘खेलकुद विकासमा पालिकाबाट बजेट विनियोजन गर्दै आएका छौं, ’उनले भने । नगरप्रमुख खाणले तिलोत्तमामा अब खेलमैदानको निजीस्तरबाटै समेत निर्माण भइसकेको सन्दर्भमा तिलोत्तमा क्रिकेटको हब बन्नेमा बिश्वास व्यक्त गरे ।

    कार्यक्रममा क्लबका अध्यक्ष केशव प्रसाद भुसालले नगरभित्र रहेका क्लब र संघहरुलाई जोड्दै दीर्घकालिन योजनाबद्धका साथ अघि बढ्नुपर्ने बताए । खेलाडीको उत्पादनमा तिलोत्तमा सदैव अगाडी रहेको भन्दै तिलोत्तमाको शान क्रिकेटले पनि बढेको उनले बताए । खेलमैदानको उचित व्यवस्था गर्नुपर्ने भन्दै उनले पूर्वाधारसहितको मैदानमा क्रिकेट गतिविधिलाई जोड दिने रुपमा प्रतियोगिता गर्न लागेको बताए ।

    नवजिवन खेलमैदानमा भएको उदघाटन खेलमा वडा नम्बर १६ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर ९ लाई २१ रनले पराजित गर्दै वडा नम्बर १६ विजयी भएको हो । वडा नम्बर ९ ले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका वडा नम्बर १६ का ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १७ रनको बनाए । वडा नम्बर १६ का रामचन्द्र पाण्डेले २६, स्वस्तिक पाण्डेले २० रनको योगदान गरेका थिए । 

    बलिङमा १६ नम्बर वडाका दामोदर बस्याल र निरज गौतमले ३/३ विकेट लिएका थिए ।

    वडा नम्बर ९ कारु १ दशमलव ५ ओभरमा ९६ रनमा समेटियो । खेलमा निशान्त शर्माले ३५ र सत्यम पाण्डेले २० रनको योगदान गरे । शनिबार भएको पहिलो खेलमा वडा नम्बर १६ का रामचन्द्र पाण्डे म्यान अफ द म्याच घोषित भए ।

    त्यस्तै शनिबार भएको दोस्रो खेलमा वडा नम्बर २ विजयी भएको छ । वडा नम्बर ११ लाई ३० रनले पराजित गर्दै वडा नम्बर २ विजयी भएको हो । वडा नम्बर २ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका वडा नम्बर २ का ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको बनाए । वडा नम्बर २ का रुपेश बस्यालले ३४, दिपक पाण्डेले २८ रनको योगदान दिएका थिए भने एरिक केसी र प्रेम थापाले २÷२ विकेट लिएका थिए ।

    खेलका वडा नम्बर २ एरिक केसी र प्रेम थापाले समान २–२ विकेट लिएका थिए । जवाफमा वडा नम्बर ११ १९ दशमलव २ ओभरमा १०९ रनमा समेटियो । खेलमा सुजन खनालले ५५ रन योगदान गरे । खेलमा वडा नम्बर २ का रुपेश बस्याल म्यान अफ द म्याच घोषित भए । तिलोत्तमा नगरका वडा नम्बर १२ बाहेक वडास्तरमा १६ टीमहरु प्रतिष्पर्धा गर्नेछन । आइतबार वडा नम्बर ८ र ४ तथा वडा नम्बर १५ र ७ बीच खेल हुनेछ ।

    तिलोत्तमा–६ दश नम्बरस्थित नवजीवन क्लबको खेलमैदानमा २० ओभरमा खेलाइने प्रतियोगितामा तिलोत्तमाका १७ वडामध्ये वडा नम्बर १२ बाहेक १६ वडाका टीमको सहभागीता रहने क्लबका अध्यक्ष केशव भुसालले बताए । प्रतियोगितामा प्रथम हुनेले रु. ५० हजार, दोस्रोले रु. २५ हजार, प्लेयर अफ द सिरिजले रु. १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याटस्म्यान रु् ५ हजारका दरले पुरस्कार पाउने आयोजकले जनाएका छन् । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफी र इमर्जिङ प्लेयरलाई ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij