२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन गुल्मीको दोस्रो अधिवेशन, अध्यक्षमा गौतम

आइतवार , फाल्गुण ६, २०८०

  • 865
    Shares
  • 865
    Shares
  • भैरहवा, ६ फागुन ।
    प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन) गुल्मीको दोस्रो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले ई. राजेन्द्र गौतमको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा निरज पछाई, सचिवमा दिपेन्द्र पुलामी मगर, सहसचिवमा पुस्कर खनाल र सहकोषाध्यक्षमा सुशील पन्थी रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहन अर्याल, शिव बस्नेत, सौरभ ढकाल, इश्वरी न्यौपाने र पवन हितान रहेका छन् ।

    ई. सुर्य प्रसाद भण्डारीको अध्यक्षता, पिन केन्द्रिय सचिवालय सदस्य ई. जीवन अर्यालको प्रमुख आतिथ्यता, नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष बालसिंह काउछाको विशिष्ठ आतिथ्यता, एमाले जिल्ला कमिटी सदस्य तथा पिन जिल्ला इन्चार्ज ई. राजेन्द्र पाण्डे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा पिन लुम्बिनी प्रदेश कमिटी सदस्यहरु ई. अभिनाश रेग्मी, नेपाल इन्जिनियर एशोसियशन (एनईए) ई. दिपेश घिमिरे लगायतको उपस्थितिमा गुल्मी जिल्लामा कार्यरत इन्जिनियरहरुको उपस्थितिमा पीन जिल्ला कमिटी बनाइएको पिन केन्द्रिय सचिवालय सदस्य ई. जीवन अर्यालले बताए ।