२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

साई ग्लोबलमा खेलकुद सप्ताह

आइतवार , फाल्गुण ६, २०८०

  • 805
    Shares
  • 805
    Shares
  • भैरहवा, ६ फागुन ।
    साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज सिद्धार्थनगर–८, रुपन्देहीमा बिहीबारदेखि खेलकुद सप्ताह–२०८० (स्पोर्टस् मीट) सुरु भएको छ । खेलकुद सप्ताह फागुन ७ गते समापन हुने विद्यालयले जनाएको छ ।

    खेलकुद सप्ताह अन्तर्गत भलिबल प्रतियोगिताको प्रमुख अतिथि विद्यालय तथा कलेजका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले उद्घाटन गर्नुभएको विद्यालयका शिक्षक तथा भलिबल खेलका संयोजक रुपक थापाले बताए ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, प्राचार्य कौशल राज गौतमलगायतले बोलेका थिए ।