२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

इनरह्वील लुम्बिनीद्वारा साई ग्लोबलमा ट्राफिक सचेतना कार्यक्रम

आइतवार , फाल्गुण ६, २०८०

भैरहवा, ६ फागुन ।
इनरह्वील क्लब अफ लुम्बिनीको आयोजनामा चालक र सह–चालकका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको  छ । शनिबार सिद्धार्थनगर नगरपालिका–८ स्थित साई ग्लोबल एकेडेमी (साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज) मा आयोजना गरिएको कार्यक्रममा स्कूल बसका चालक तथा सह–चालकहरुको सहभागीता रहेको थियो ।

भैरहवाका रहेका १५ वटा विद्यालय तथा मन्टेश्वरीका गरी ६० जना चालक तथा सह–चालकको सहभागीता रहेको क्लबले जनाएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि साई ग्लोबल माध्यमिक विद्यालयका अध्यक्ष हरि बहादुर थापाले पछिल्लो समय सवारी दुर्घटना बढ्दै गरेको अवस्थामा क्लबले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले यस्ता कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने बताए ।

त्यस्तै इनरह्वील क्लब अफ लुम्बिनीका अध्यक्ष सृजना जोशीले बढ्दो सडक दुर्घटना न्यूनीकरणमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । उनले विद्यालयका सवारीचालकहरू अझ बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् । 

क्लबका संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले बसमा आरक्षण सीट उल्लेख भए पनि अपांगता भएका, महिला तथा ज्येष्ठ नागरिक बस्न नपाउनु गलत भएको बताइन् । उनले यसतर्फ पनि ट्राफिक प्रहरीले ध्यान दिएर अनुगमन गर्नुपर्नेमा जोड दिइन् ।
उक्त कार्यक्रममा ट्राफिक नियमबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका वरिष्ठ नायव निरीक्षक देव बहादुर बिष्ट सहजीकरण गरेका थिए ।

कार्यक्रम संयोजक अर्चना मल्लको स्वागत तथा क्लबका सचिव कोपिला मरासिनीको सञ्चालनमा भएको उक्त कार्यक्रममा क्लबका पूर्वअध्यक्ष सीता भट्टराई, साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोति प्रसाद पौडेल, साई ग्लोबल एकेडेमीका प्राचार्य कौशलराज गौतमको आतिथ्यता रहेको थियो ।