images

आइतवार, बैशाख १६ गते २०८१

‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सांसद् घिमिरेको माग

‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सांसद् घिमिरेको माग

images
images
images
आइतवार, फाल्गुण ६ २०८०
आइतवार, फाल्गुण ६ २०८०
  • ‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सांसद् घिमिरेको माग

    काठमाडौं, ६ फागुन । 
    प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले ‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् घिमिरेले भारतबाट दुध तथा दुग्धजन्य पदार्थ भइरहेको चोरी पैठारीलाई तत्काल रोक्न सकिएन भने नेपालमा देखिएको दुधको समस्यालाई समाधान गर्न गाह्रो हुने स्पष्ट पारे ।

    images

    बजारमा आपूर्ति नभएको जनाउँदै दुग्ध विकास संस्थानले किसानको दुध खरिद गर्न छाड्दा मुलुकका धेरै स्थानमा मिल्क होलिडेको अवस्था सिर्जना भएको छ । संस्थानले किसानलाई दूधको भुक्तानी नदिएको तीन महिना भइसकेको छ । संस्थानले भुक्तानी रोक्दा दुई लाखभन्दा बढी किसान मर्कामा छन् भने मिल्क होलिडे हुँदा किसान गाईभैंसीपालन व्यवसायबाटै पलायन हुने जोखिम बढेको छ ।

    कतिपय प्रदेश र स्थानीय सरकारले दूध उत्पादन बढाउन किसानलाई अनुदान दिँदै गर्दा मिल्क होलिडेको अवस्था सिर्जना हुनु दुःखद् रहेको बताउँदै सांसद घिमिरेले यो विषयप्रति संघीय सरकार संवेदनशील बन्नुपर्ने बताए । अर्थतन्त्रमा ९ प्रतिशत भन्दा बढी योगदान गरिरहेको र लाखौं किसानको रोजीरोटीसँग जोडिएको दूग्ध क्षेत्रको विद्यमान समस्या समाधानमा गम्भीर बन्न उनले सरकारलाई आग्रह गरे ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij