
आइतवार , फाल्गुण ६, २०८०
भैरहवा, ६ फागुन ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले २६ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । फागुन ४ र ५ गते पाल्पाको सिर्जना फर्ममा सम्पन्न वार्षिक कार्यशाला गोष्ठी–२०८० ले कार्ययोजना बनाएको संघका अध्यक्ष बाबुराम पाण्डेले बताए ।
वार्षिक कार्ययोजना अन्तर्गत नयाँ वर्ष २०८१ को वार्षिक क्यालेण्डर प्रकाशन, क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान, संघका सदस्यहरुलाई व्यक्तित्व विकास तालिम तथा अभिमुखीकरण, उत्पादक कम्पनी तथा डिलरसँग छलफल तथा अन्तरक्रिया, अध्ययन अवलोकन भ्रमण, मदिरा व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकायमा सल्लाह, सुझाव र समाधानका उपायसहित पेश, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम रहेको मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष भागिरथ प्रसाद पाण्डेले बताए ।
त्यस्तै रक्तदान कार्यक्रम, संस्थाको स्थापना दिवसको दिन विभिन्न कार्यक्रमसहित राहत वितरण, कर शिक्षा तालिम सञ्चालन, २०८१ मा वनभोज कार्यक्रम, मदिरा व्यवसायीको फर्म दर्ता नविकरण तथा घरदैलो कार्यक्रम, २०८१ सालको दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान, अवैध मदिरालाई निरुत्साहित पार्नका लागि सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न कार्यक्रममार्फत भूमिका निर्वाह, अन्तशुल्क नविकरणको लागि सहजीकरण, स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ–संस्थासँग आवश्यक समन्वय तथा सहकार्य, व्यवसायिक राहत कोष दिदा अध्ययन गरी वितरण तथा कार्यालयमा आवश्यक सामग्री व्यवस्थापन गरी कार्यालयलाई चुस्तदुरुस्त राखी सञ्चालन गर्ने कार्ययोजनामा समावेश छ ।
त्यसै गरी व्यवसायीको गुनासो सुन्ने, छलफल गर्ने÷गराउने, बजार अनुगमन गरी दररेटमा एकरुपता ल्याउने, सडक खाना महोत्सव र स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष केशव कुँवरले बताए । वार्षिक कार्ययोजना सम्पन्न गर्न संघका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न कार्यक्रमको जिम्मेवारी दिइएको संघका महासचिव यादव पोखरेलले बताए ।
वार्षिक कार्ययोजना संयोजकहरुको कार्य मूल्यांकनका लागि मूल्यांकन समिति समेत बनाइएको छ । जसको संयोजकमा संघका वरिष्ठ सल्लाहकार खिम बहादुर खत्री रहनुभएको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।
कार्यशाला गोष्ठीमा संघका मनोनित सदस्यहरु ढक बहादुर कुँवर, चिरञ्जिीवि भट्टराई र उमानाथ पोखरेललाई सपथग्रहण गराइएको थियो ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता, कार्यक्रम संयोजक एवं सह–कोषाध्यक्ष विनोद आचार्यको स्वागत तथा महासचिव यादव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, वरिष्ठ सल्लाहकार खिम बहादुर खत्रीलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij