images

शुक्रवार, बैशाख २१ गते २०८१

ईन्डो-नेपाल कराँते च्याम्पियनसीपमा सिद्धी चिल्ड्रेन्स एकेडेमीलाई ४ स्वर्ण र १ कास्य

ईन्डो-नेपाल कराँते च्याम्पियनसीपमा सिद्धी चिल्ड्रेन्स एकेडेमीलाई ४ स्वर्ण र १ कास्य

images
images
images
सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • ईन्डो-नेपाल कराँते च्याम्पियनसीपमा सिद्धी चिल्ड्रेन्स एकेडेमीलाई ४ स्वर्ण र १ कास्य


    बुटवल, ७ फागुन । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित सिद्धी चिल्ड्रेन्स एकेडेमी इङलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीले भारतको तेलंगना प्रदेश कैरीनगरमा आयोजित ईण्डो-नेपाल कराँते च्याम्पियनसीप–२०२४ मा ४ वटा स्वर्ण पदक हासिल गरेका छन् । प्रतियोगितामा १ कास्य पदकसहित उनिहरुले कुल ५ पदक हासिल गरेको बिद्यालयले जनाएको छ । 

    images
    images
    images

    विद्यालयमा कक्षा ७ मा अध्ययनरत आर्यन पौडेल र कक्षा ५ मा अध्ययनरत शितल चन्दले भारतको तेलगंना प्रदेशमा हालै सम्पन्न सो प्रतियोगितामा २/२ वटा स्वर्णपदक जित्न सफल भएको विद्यालयका संस्थापक प्राचार्य राजु गुरुङ्गले बताए । युद्धकलातर्फको विधामा दुवैजनाले १/१ स्वर्ण र काँता प्रदर्शनतर्फ पनि पुनः दुवैजनाले १/१ स्वर्ण पदक हासिल गरेको प्राचार्य गुरुङ्गले बताए । 
    २०४३ सालमा बुटवल–८ स्थित श्रवणपथमा स्थापना भएको सिद्धी चिल्ड्रेन्स एकेडेमीले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरिय शिक्षा र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनमा जोड दिदै आएको प्राचार्य गुरुङ्गको भनाई छ । 

    पदक विजेता विद्यार्थीहरुलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्माले सिद्धी चिल्ड्रेन्स एकेडेमी इङलिस बोर्डिङ्ग स्कूलले नेपालकै प्रतिनिधित्व गर्दै ४ स्वर्ण र १ कास्य पदक जित्न सफल हुनु विद्यालयको मात्रै नभएर नेपालकै गौरवको विषय भएको बताए । अध्यक्ष शर्माले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षाको आवश्यकता रहेको बताउँदै नेपालमा शैक्षिक संस्थाहरुको विकास तीव्र रुपले भएको उल्लेख गरे । अध्यक्ष शर्माले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने विद्यालयहरु र खेलाडीहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । 

    बधाई तथा सम्मान कार्यक्रममा प्रशिक्षक अनुपम ज्ञवालीले विद्यार्थीहरुको चाहना र रुचीलाई अभिभावकहरुले पनि प्रोत्साहन गर्नुपर्ने बताउँदै आउँदा दिनहरुमा पनि खेल क्षेत्रलाई अघि बढाउन आफूलाई प्रेरणा मिलेको बताए ।

    लगत्तै बुटवल–१२ स्थित मुक्तिनाथ धाममा पनि पदक विजेता बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै विजेताहरुलाई सम्मानसहित नगर परिक्रमा समेत गराइएको विद्यालयले जनाएको छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij