
सोमवार , फाल्गुण ७, २०८०
भैरहवा । जेसीआई सिद्धार्थ नेपाल र जेसीआई सिद्धार्थ लेडी नेपालको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जेसीजका सदस्यहरुका लागि जेसीज सदस्यहरुको काम, कर्तव्य र अधिकार तथा जेसीजले गर्ने कामका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणमा जेसीज सदस्यहरुलाई प्रतिवेदन लेखनका विषयमा पनि प्रशिक्षण दिइएको थियो । जेसीज पदाधिकारी तथा सदस्यहरुको पदीय जिम्मेवारीका विषयमा पनि प्रशिक्षण दिइएको थियो । जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष दीपक काफ्लेको अध्यक्षता तथा पूर्व अध्यक्ष गौरीशंकर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष संगम न्यौपाने, डा.शम्भु कुमार गुप्ता, प्रशिक्षक तेज प्रसाद पन्थले प्रशिक्षण दिएका थिए ।
लोकमणि भट्टराई र मनिसा पोखरेले संयोजन गरेको कार्यक्रमको सञ्चालन श्रृजना ज्ञवालीले गरेको जेसीआई सिद्धार्थ लेडीकी अध्यक्ष संगीता आर्चायले जानकारी दिइज् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij