
सोमवार , फाल्गुण ७, २०८०
भैरहवा, ७ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले तिलोत्तमा नगरपालिकाको भलवारीस्थित मानव सेवा आश्रम भलवारीलाई सहयोग गरेको छ । सोमबार एक कार्यक्रमकाबीच संघले एकदिन बराबरको खाना सहयोग गरेको कार्यकारी सचिव कमला बस्नेतले बताइन् ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले मानव सेवा आश्रममा कार्यक्रम गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले संघले आगामी दिनमा पनि आश्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘जसले एक दिनको खाना सहयोग गर्न खोज्नुभएको छ, उहाँहरुका लागि यो आश्रम उपयुक्त हुन सक्छ । ’
मानव सेवा आश्रमको सह–संयोजक विष्णु घर्तीले सडक मानवको उद्वार गरी यो भलवारीमा १३७ जना र बुटवल शाखामा ४३ जनालाई राखिएको जानकारी दिइन् । घर्तीका अनुसार संस्थाले नेपालभर ७ वटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्र सञ्चालन गरी ७ हजार बढी खुला आकाशमुनी, सडक पेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्वार, उपचार, पालपोषण तथा परिवार भेटिएका वा नभेटिएका परिवारको खोजी र पुर्नमिलन गर्दै आएको छ ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष कुल प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, उद्योग उपाध्यक्ष दिलिप कुमार कान्दु, महासचिव कृष्ण प्रसाद घिमिरे, सचिव मंगल भण्डारी, कोषाध्यक्ष कमल मरासिनी, सह–कोषाध्यक्ष संजय बेरीवाल, कार्यसमिति सदस्यहरु कमल ज्ञवाली, कृष्ण अधिकारी, विमल सेन्चुरी, विष्णुमाया शर्मा, सल्लाकार दिपेन्द्र प्रधान, कार्यकारी सचिव कमला बस्नेत, उपसचिव खगेन्द्र शर्मा, आश्रमका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij