images

शुक्रवार, बैशाख २१ गते २०८१

तिनाउको सरस्वती स्कूलमा खेल सप्ताह सम्पन्न

तिनाउको सरस्वती स्कूलमा खेल सप्ताह सम्पन्न

images
images
images
मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • तिनाउको सरस्वती स्कूलमा खेल सप्ताह सम्पन्न

    रुपन्देही, ८ फागुन । 
    पाल्पाको तिनाउ गाउँपालिका–१ झिगामारास्थित सरस्वती आधारभूत विद्यालयमा खेल सप्ताह तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा अभिभावहरुबीच विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।  

    images
    images
    images

    दिवसका अवसरमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण समेत गरिएको प्रधानाध्यापक सुरज कार्कीले जानकारी दिए । खेल सप्ताह अन्तर्गत विद्यार्थीबीच बौद्धिक क्षमता परीक्षण, हाजिरीजवाफ, चम्चा दौड, तीन खुट्टे दौड, बेलुन नाच तथा एथलेटिक्सतर्फ दौड प्रतियोगिता, हाई जम्प, लङजम्प लगायतका प्रतियोगिता गरिएको थियो । त्यसै गरी अभिभावकहरुबीच घैटो फोड, कुर्सी दौड लगायतका प्रतियोगिता गरिएको थियो । 

    कार्यक्रमको अवसरमा बोल्दै तिनाउ–१ का वडा सदस्य यमबहादुर घर्तीले विद्यार्थीको सर्वाङ्गीण बिकासका लागि खेलकुद गतिविधिले टेवा पुग्ने बताए । 

    त्यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर तरामु, समाजसेवी कृष्ण खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष बिमा घर्ती लगायतले बोल्दै बालबालिकाको विकास र शैक्षिक प्रगतिका लागि अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गरे ।

    विद्यालयकी शिक्षिका सिर्जना पोख्रेलको स्वागत तथा शिक्षक सम्मर खड्काको सञ्चालनमा भएको मूल समारोह कार्यक्रममा विद्यालयको वार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij