२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वरूप छैन जसको

मंगलवार , फाल्गुण ८, २०८०

स्वरूप छैन जसको
सन्दर मुहार दिएर मनुवा
निरकार, अदृश्य रशक्तिलाई
आफ्नो वशमा भएको 
घमन्ड नगर...

नाम पनि तिमीले दियौ अचम्म छ 
हैसियत तिम्रो छैन 
नामाकरण गर्ने
स्वरूप बिनाको अदृश्य
शक्ति हो
मानव उत्थान र पतनको 
साक्षि हो 

तिम्रा कर्म सँगै 
तिमीलाई नियाल्ने 
बिशाल शक्ति पुन्ज ...
तिम्रो मानसपटलको
गहिराईबाट उत्सर्ग हुने
भक्ति भावसँग
एकाकार हुने पुन्ज हो ...

बेद पुराण कुरान र बाईबलको
सीमा बाहिर 
अवस्थित बिना आकारको
बुझ्नेलाई गिता हो 
नबुझ्नेलाई 
पुराणको कथा  हो 
सक्छौ निश्चल मनले 
आराधना गर 
सक्तैनौ त्यो शक्ति पुन्जको
स्मरण गर... 

तिम्रो हाम्रो सोच
बहिर छ यो आकृति
कसरी दिन सकिन्छ 
आकार यस्तो 
तिमी आफैं शक्ति पुन्ज हौ
नियाल भित्र भित्र 
केवल शून्य शून्य छ 
जहाँ विशाल स्वरूपको
बास छ 
कल्पना भन्दा बाहिर
कल्पना भन्दा बाहिर ....