images

बिहिवार, बैशाख २० गते २०८१

‘साई ग्लोबल अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता’ सुरु

‘साई ग्लोबल अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता’ सुरु

images
images
images
मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • ‘साई ग्लोबल अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता’ सुरु

    भैरहवा, ८ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीको प्रायोजनमा मंगलबारदेखि भैरहवामा ‘साई ग्लोबल अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता–२०८०’ सुरु भएको छ । 

    images
    images
    images

    सिद्धार्थनगर–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले बलिङ तथा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले ब्याटिङ गर्दै उद्घाटन गरेका छन् ।

    फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २६ वटा टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य पुनित पोखरेलले बताए । कार्यक्रम संयोजक पोखरेलका अनुसार यस वर्ष आयोजना गरिएको ‘साई ग्लोबल अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता’ दोस्रो संस्करण हो । प्रतियोगिताको विजेतालाई रु. ५० हजार १, उपविजेतालाई रु. २५ हजार १ (ट्रफी, मेडल र प्रमाणपत्रसहित), म्यान अफ द म्याचलाई रु. १ हजार, म्यान अफ द सिरिजलाई रु. २ हजार ५ सय, बेष्ट बलरलाई रु. २ हजार ५ सय (ट्रफी र प्रमाणपत्र) प्रदान पुरस्कार प्रदान गरिने उनले बताए ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले साई ग्लोबल एकेडेमीले क्रिकेटसँगै अन्य खेलको विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, साई ग्लोबल यो क्षेत्रको अब्बल संस्थाको रुपमा स्थापित छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने दायित्व साई ग्लोबलको हो । क्रिकेट खेलको विकासमा रुपन्देही क्रिकेट संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको उनको भनाइ छ ।

    त्यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले साई ग्लोबलले पढाइको साथसाथै क्रिकेट प्रतियोगितालाई अझ बृहत बनाउँदै लैजाने बताए । उनले सिद्धार्थ क्रिकेट रंगशालामा रुपन्देही क्रिकेट एकेडेमी सञ्चालनमा रहेको बताए । उनले साई ग्लोबल अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता लगत्तै रुपन्देही सुपर लिग प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

    Criccc sai global 2.jpg

    संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरीले क्रिकेटको संरक्षणमा रुपन्देही क्रिकेट संघ लागिपरेको बताए । उनले साई ग्लोबलले पढाइसँगै खेलकुदलाई अघि बढेको बताए । उनले विद्यार्थीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे ।
    रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij