images

शुक्रवार, बैशाख २१ गते २०८१

साई ग्लोबलमा खेल सप्ताह सम्पन्न

साई ग्लोबलमा खेल सप्ताह सम्पन्न

images
images
images
मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • साई ग्लोबलमा खेल सप्ताह सम्पन्न

    भैरहवा, ८ फागुन ।
    साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज सिद्धार्थनगर–८, रुपन्देहीको आयोजनामा गत फागुन ३ गतेदेखि सुरु भएको खेलकुद सप्ताह–२०८० सम्पन्न भएको छ । सोमबार म्याराथन दौड भएसँगै खेलकुद सप्ताह सम्पन्न भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    भैरहवाको लुम्बिनी गेटदेखि सुरु भएको म्याराथन दौड बुद्धचोक, नारायणपथ, मिलनचोक, बैंकरोड, देवकोटाचोक, आँखा अस्पताल हुँदै सिद्धार्थ रंगशालामा पुगेर समापन भएको थियो । (३ दशमलव ५ किलोमिटर दुरीको) दौडको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गरेकी थिइन् ।

    IMG_7184.JPG

    दौडमा छात्रतर्फ बी.बी.बी.एस मा अध्ययनरत रवि प्रसाद यादव प्रथम, कक्षा ११ का धानु क्षेत्री द्वितीय र कक्षा १२ का इमामुद्दीन खान तृतीय भएको साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेजका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले बताए । त्यस्तै छात्रातर्फ कक्षा ११ की सारा खान प्रथम, कक्षा ११ कै निकिता बरई द्वितीय र बीबीएस प्रथम वर्षकी शितल बरई तृतीय भएका छन् । प्रतियोगिताको विजेताहरुलाई मेडल तथा ट्रफी प्रदान गरिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

    साई ग्लोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष हरि बहादुर थापाले विद्यार्थीहरुलाई पढाइसँगै खेलकुद पनि आवश्यक रहेको बताए । रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका थापाले भने, ‘पढाइसँगै खेलकुदलाई प्राथमिकता दिएका छौं ।’

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij