images

बिहिवार, बैशाख ६ गते २०८१

जनयुद्ध शुरु भएको दिन ओली समुहको बिशाल सभा, ४ सय बढी जनयुद्धका लडाकुलाई स्वागत 

जनयुद्ध शुरु भएको दिन ओली समुहको बिशाल सभा, ४ सय बढी जनयुद्धका लडाकुलाई स्वागत 

images
images
images
शनिवार, फाल्गुण १ २०७७
शनिवार, फाल्गुण १ २०७७
  • जनयुद्ध शुरु भएको दिन ओली समुहको बिशाल सभा, ४ सय बढी जनयुद्धका लडाकुलाई स्वागत 

    बुटवल। आज फागुन १ गते। तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु भएको दिन। यही दिनको अबसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुटवलमा बिशाल आम सभा गरेको छ। 

    images
    images
    images

    प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई तहमा बिभाजित भई छुट्टाछुट्टै रुपमा बिरोध र आम सभा गर्दै हिडेका छन्। प्रधानमन्त्री केपि ओली समुहले बुटवलमा जनयुद्ध शुरु भएको दिनलाई केन्द्रित गरेर आम सभा गरेको छ। 

    नेपाली राजनीतिमा फागुन १ पनि महत्वपुर्ण दिनको रुपमा लिदै ओली समुहरुले सोहि दिन बुटवलबाट बिशाल सभाको आयोजना गर्दै चार सय बढी पुर्व जनमुक्ति सेनालाई आफ्नो समुहमा भित्राएका छन्। 

    लुम्बिनी प्रदेशका मख्यमन्त्री तथा नेकपा स्थायि कमिटि सदस्य (ओली समुह) का शंकर पोखरेलले जनयुद्ध शुरु भएको दिन फागुन १ लाई राजनीतिक समस्या समाधान गर्ने दिनको रुपमा चित्रण गर्न फागुन १ मै सभा आयोजना गरिएके बताए। 

    उनले बुटवलको सभा अहिले सम्मकै ठुलो र एतिहासिक हुने दावि गर्दै यही आम सभाबाट प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको मुद्धालाई जनतामाझ सहि सावित स्थापित गर्ने बताए। प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद बिघटन गरेको कुरालाई स्थापित गराई छाड्न फागुन १ ले महत्पुर्ण भिमिका निभाउने र परिवर्तनको ढोका पनि फागुन १ गते बुटवलको सभाले नै स्थापित गर्ने ओली समुहको दावि छ। 

    आम सभामा लुम्बिनी प्रदेश भित्रका ४ सय बढी पुर्व जनमुक्ति सेना ओली समुहमा भित्रिएका छन्। उनीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी लगाएतले ओली समुहमा स्वागत गरेका थिए। उनीहरुलाई बुटवलको एक होटलमा भेला गराई उनीहरुसंग अन्तरक्रिया पनि गरिएको छ। 

    प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादीमा लागेर आफ्नो जीवन समर्पण गरेका पुर्व जनमुक्ति सेनालाई प्रचण्डले भुलेका कारण उनीहरु ओली समुहमा समाहित भएको भेलामा सहभागि पुर्व जनमुक्ति सेनाले जानकारी दिए। 

    प्रचण्डले आफ्नो मुल धरातल बिर्सिएका कारण प्रधानमन्त्री ओलीले उनीहरुको खोजी नीति गर्ने र व्यस्थापन गर्ने बताएपछि आफुहरु ओली समुहमा आएको उनले बताए।  

    प्रचण्ड प्रति बिश्वासको कमी तथा जनयुद्धका लडाकुको मर्म र भावना विपरित प्रचण्ड हिडेकाले जनयुद्धका लडाकु ओली समुहमा आउन परेको पुर्व जनमुक्ति सेना तथा ओमसतिया गाँउपालिका अध्यक्ष हिरा केवट राहुलले जानकारी दिए। 

    तत्कालीन समयमा अयोग्य मानिएका लडाकुको समस्या समाधानमा बर्तमान सरकार गंभिर रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका मख्यमन्त्री पोखरेलले उनीहरुको पहिचान गर्ने, प्रमाणपत्र दिने र आबश्यक सहयोग गर्ने सरकारको तयारी रहेको बताए। 

    संसद बिघटन पछि पुर्व माओवादी समुहका नेताहरु रामबहादुर थापा वादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, दधिराम न्यौपाने, बिश्वास बराल अनुप, हिरा केवट राहुल लगाएतका नेताहरु आफ्नो समुह छाडेर ओली समुहमा लागेका छन्। यीनी मध्यका केहि नेताहरु ओली समुहमा लागेबाटै जनयुद्ध लडेका लडाकुलाई ओली समुहमा ल्याउन जोडबलका साथ लागिपरेका थिए। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij